सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

15
Share
Featured
  • मधेश प्रदेश सभा बैठकमा सांसद रहबर अन्सारीले मुखमा कालो मोसो दलेर विरोध प्रदर्शन गरेका छन्।
  • उनले सबै मधेश प्रदेशका सांसदहरूलाई अपराधीको संज्ञा दिएका र प्रदेशमा भएका बेतिथीहरूबारे सरकार तथा आफ्नै पार्टीले सुनुवाइ नगरेको आरोप लगाए।
  • अन्सारीले अब आफूले कसैलाई विश्वासको मत नदिने बताए र मधेशका समस्याहरू समाधानका लागि कुनै सांसदसँग नैतिक आधार नभएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् ।

शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए । 

सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन् । 

उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए । 

उनले आफ्नो पार्टीले अब आफूलाई जेगरेपनि आफूले कसैलाई विश्वासको मत दिने बताए । सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरुको निकाश दिने नैतिक आधार नरहेको बताए ।

सांसद अन्सारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेश सभा बैठक अहिले पनि जारी रहेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...