ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

28
Share
Featured

काठमाडौँ

ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौ’ भन्ने ट्याटू पुर्न लेखन गरेका छन् । 

जेनजी आन्दोलनपछि दिन प्रतिदिन सवारी दुर्घटना बढ्न थालेकोले भन्दै उनले ट्राफिक नियम पालना ट्राफिक प्रहरीको लागि नभइ आफ्नो लागि भएको महसुस गराउन ट्याटू पुर्न लेखन गरेको बताए । 

जेनजी आन्दोलनकाक्रममा ट्राफिक प्रहरी कार्यालयमा आगलागी गरेपछि ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने गलत सोचका कारण दिन प्रतिदिन सवारी दुर्घटना पर्न थालेको उनले भनाई छ ।  

२९ वर्ष ट्राफिक प्रहरीमा रहेर सेवा गरेका हाछेथु हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको भूमिकामा छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेनजीको आन्दोलनमा ट्राफिक प्रहरीको खाने, बस्ने ठाउँ र युनिफोर्म जलाइ ध्वस्त बनाइ दिए पछि अब ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने सोचमा परेको ब्यक्तिहरु दिन प्रतिदिन सवारी दुर्घटना पर्न थालेकोले “ट्राफिक नियम पालना“ ट्राफिक प्रहरीको लागि गर्ने होइन , आफुलाई हो भने कुरा महसुस हुन्दैछ !! 

मेरो हातमा कोरिएको अस्पष्ट हुन्दै  गएको अक्षर पुनः लेखन गरि स्पष्ट  पारिएको छ !!’

यो समाचारमा

ललितपुर महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...