आलमको निधनपछि कांग्रेस शोकमा, कात्र्तिक २३ गते देशभरका कार्यालय बन्द गर्ने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

14
Share
Featured

काठमाडौँ

आज(शनिबार) बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री मोहम्मद अफताब आलम निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अन्य विषयमाथि छलफल भएन् । 

कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक आलमको निधनप्रति शोक प्रस्ताव पारित गरी सकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । 

स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक २३ गते बिहान ११ः३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कात्र्तिक २५ गते दिउँसो ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि पौडेलले बताए । 

आजको बसेको आकस्मिक बैठकले आलमप्रति उच्च सम्मान गर्दै शोक कार्यक्रमहरुको समेत निर्धारण गरेको छ । 

कात्र्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, कात्र्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । 

आलम वि.सं.२०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए भने राजनीतिक जीवनमा उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए । 

वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका उनी वि.सं. २०६७ मा सम्पन्न पार्टीको बाह्रौं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए । 

यो समाचारमा

नेपाली काँग्रेसरौतहटपूर्ण बहादुर खड्काकाठमाडौँ
मोहम्मद अफताब आलम4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...