गोदावरीमा तनाव विसर्जन कार्यशाला : ‘रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

13
Share
Featured
  • ललितपुरको गोदावरीस्थित बडिखेलमा जीवन विज्ञान प्रतिष्ठानले करिब १५० जनाको सहभागितासहित एक दिवसीय तनाव विसर्जन कार्यशाला आयोजना गर्‍यो।
  • कार्यशालामा ध्यान, योग र आन्तरिक सफाइका वैज्ञानिक विधिहरू मार्फत तनाव घटाउने उपायहरू सिकाइए, जसले ब्लड प्रेसर, मधुमेह, र थाइराइडजस्ता समस्या घटाउन मद्दत गर्ने बताइयो।
  • सहभागीहरूले तनाव नै आत्महत्या र स्वास्थ्य समस्याको प्रमुख कारण भएको भन्दै यस्ता कार्यशालाले मानसिक र शारीरिक स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुरस्थित गोदावरीको बडिखेलमा जीवन विज्ञान प्रतिष्ठानले एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको छ । 

कार्तिक २२ अर्थात आजबाट सुरु भएको कार्यशालामा करिब १५० जनाको उत्साहजनक सहभागिता रहेको जीवन विज्ञानका प्रशिक्षक महेश नेपालले जानकारी दिए ।  

उनले आम मानिसहरुमा पेशा अनुसार फरक फरक तनावग्रस्थ अवस्थामा रहेको भन्दै त्यसलाई  न्यूनीकरण गर्न एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको बताए । 

उनले भने, ‘सबैलाई तनाव छ । मानिसमा पेशा अनुसारको तनाव छ । तनावलाई कसरी विसर्जन गर्ने, कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा गोदावरी क्षेत्रमा रहेको विष्णुनारायण प्रयोगशालाको वरिपरिका साधक–साधिका र वरपरका मानिसहरूलाई कसरी तनावलाई घटाउनका लागि कार्यशालाको आयोजना गरिएको हो । जीवन विज्ञान प्रतिष्ठानले एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको हो । करिब १५० जनाको सहभागिता छ । सहभागीहरूमा एकदम उत्साह छ, उमङ्ग छ ।’

उनले टौखेल जीवन योग प्रयोगशालाको सहकार्य रहेको यस कार्यशालामा गोदावरी नगरपालिका, ललितपुर वडा नम्बर ४ को सहयोग गरेको बताए । उनले यस्ताखाले कार्याशालाका माध्यमबाट ब्लड प्रेसर, मधुमेह, थाइराइड जस्ता समस्याहरुमा कमी आएको पाइएको बताए । 

यस्तै, सहभागी कमला दाहाल घिमिरेले दिनानुदिन आत्महत्याको संख्या बढ्नु तनावकै कारण भएको भन्दै तनावलाई समयमा नै व्यवस्थापन गर्नुपर्ने बताइन् । 

‘तनाव धेरै छ, धेरै भयावह रूपमा तनाव बढिरहेको छ । दिनानुदिन आत्महत्याको संख्या पनि बढिरहनुको कारण तनाव नै हो । समाजमा सबै खालका व्यक्तिहरू धेरै रोगहरू बोकेर बसेका छन् र यसको मूल कारण पनि तनाव नै हो,’ उनले भनिन् । उनले आफ्नो मनमा भएको समस्या नहटाएसम्म स्वस्थ्य हुन नसकिने जनाइन् । उनले आफूमा भएको तनावलाई आफैंले कम गर्दै लैजान सकिने भएकाले जीवन विज्ञानको कार्याशालाले सहयोग पुर्याउने धारणा राखिन् ।

‘जीवन विज्ञानका विधिहरू प्रयोग गरेर तनावलाई फाल्न सक्छौँ र मैले पनि फालेँ । तनाव कम गर्ने सैद्धान्तिक कुरा मात्र जानेर हुँदैन् । ध्यानका विधिहरू प्रयोग गर्दै आन्तरिक सफाई गरेर मात्रै तनाव हटाउन सक्ने रहेछौं । वैज्ञानिक प्रयोगात्मक विधिहरू प्रयोग गरेर स्वस्थ्य हुनसक्छौं,’ उनले भनिन् । 

कार्याशालामा सहभागी सविता महर्जनले तनाव विसर्जन कार्यक्रमले जीवनमा आइपर्ने समस्या समाधान गर्न र आफ्नो जीवनबारे आफैं जानकार रहन पाइने उल्लेख गरिन् । कार्यशालामा प्रशिक्षकहरुले नाच्दै, गाउँदै र ध्यानका माध्यमबाट सिकाएका कुराहरुलाई सहभागीहरुले उत्साहका साथ ग्रहण गरेका थिए । 

यो समाचारमा

गोदावरी नगरपालिका, ललितपुरकाठमाडौँललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...