तनहुँमा राहदानी सेवामा कोटा निर्धारण: शुक्रबारदेखि दैनिक ४० वटा मात्रै आवेदन लिइने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

16
Share
Featured
  • जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा मात्र राहदानीको अनलाइन कोटा खोल्ने निर्णय गरेको छ।
  • जेनजी आन्दोलनका क्रममा राहदानी शाखामा भएको तोडफोड र आगजनीका कारण उपकरण नष्ट भएपछि अहिले एक स्टेशनमार्फत मात्रै सेवा दिइँदैछ।
  • राहदानी विभागले ठगीबाट सावधान रहन आग्रह गर्दै नयाँ आपूर्तिकर्ताबाट फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने जानकारी दिएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ। कार्यालयमा हाल राहदानी विभागबाट एउटा मात्र स्टेशन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले प्रत्येक शुक्रबार बिहान १०ः३० बजेदेखि प्रत्येक हप्ताका लागि ४० वटाको सङ्ख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिएको कार्यालयले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतीय राहदानी सेवा सम्बन्धी सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए। राहदानी विभागबाट एउटा मात्रै स्टेशन प्राप्त भएको र सेवाग्राहीको चाप उच्च रहेकाले विद्युतीय राहदानीका लागि आवेदन प्रविष्टि, प्रमाणित र वितरणका लागि कोटा निर्धारण गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

कार्यालयले राहदानीको विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिहरूबाट हुनसक्ने ठगीबाट सावधान रहन आग्रह गरेको छ। विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्र राहदानीका लागि आवेदन गर्न राहदानी विभागले सूचना जारी गरेको छ।

यो समाचारमा

काठमाडौँतनहुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...