संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

15
Share
Featured

काठमाडौँ


नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् ।

नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले आज देश संकटमा र आफ्नो पार्टी समेत संकटमा रहेको बताए । 

उनले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ ।’

डा. महतले महासमितिको बैठकमा सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रीत भएको बताए  उनले २४ गतेको विध्वंशलाई ‘उपलब्धि’ मान्न  नसकिने बताए । 

उनले भने ‘नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलनप्रति हामी सहमत छौं तर २४ गते भएको विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिदैन । सिंहदरबार, सर्वोच्च, संसद, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,’ उनले भने ।

३६ साल, ४२ साल, ४६ र ६२÷६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै उनले थपे, ‘म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैं आत्मघाती बनेको देख्दा पीडा हुन्छ ।’

यो समाचारमा

नेपाली काँग्रेसडा. प्रकाशशरण महतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...