कांग्रेसको महाधिवेशन बैशाख ६ मा गरौं : किरणराज पौडेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

21
Share
Featured
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले पार्टीको १५ औं महाधिवेशन बैशाख ६ गते गर्ने प्रस्ताव राखेका छन् र व्यक्तिगत कार्यतालिकासहित सदस्य वितरण, नामावली तयार गर्ने र निर्वाचन तयारीको योजना प्रस्तुत गरेका छन्।
  • पौडेलले फागुन २१ को प्रतिनिधिसभा चुनाव प्राथमिकता पाउने गरी पार्टीको महाधिवेशन पछि सञ्चालन गर्न सुझाव दिएका छन् र चुनावी वातावरण नबनेको भन्दै संविधानको सही ट्रयाकमा फर्काउन चुनाव जरुरी भएको बताए।
  • उनले जेनजी पुस्ताको आन्दोलन पार्टीविरुद्ध नभएको प्रष्ट पारेका छन् र पार्टीबाट लाभ लिएका नेताहरूले आ–आफ्नो आर्थिक विवरण बुझाउन र जिम्मेवारीमा रहेका नेताहरूको अस्वाभाविक खर्चको छानविन गर्न माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले पार्टीको १५ औं महाधिवेशन बैशाख ६ गते गर्न प्रस्ताव गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्दै पौडेलले व्यक्तिगत कार्यतालिका नै प्रस्तुत गरे । 

उनले भने ‘मंसिर १ देखि पुष १५ गतेसम्म क्रियाशील सदस्यहरु वितरण । प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यहरुको नामावली तयार गर्ने, पौष १५ देखि फागुन २१ गतेसम्म प्रतिनिधिसभाको चुनावमा जुट्ने र चैत्र महिनाभर वार्ड तहदेखि प्रदेश तहका सबै अधिवेशनहरु सम्पन्न गर्ने उल्लेख गरेका छन् । 

यसैगरी  नेपाल विद्यार्थी संघको स्थापना दिवस बैशाख ६ गते पारेर २०८३ सालमा कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन गर्नु पर्नेमा जोड दिए ।

केन्द्रीय कार्यसमितिको बैठकमा अलि आक्रामकरुपमा प्रस्तुत भएका पौडेलले नेपाली कांग्रेसको सक्रिय सहभागिता विना आम निर्वाचन नहुने भएकाले पहिला निर्वाचनमा ध्यान केन्द्रीत हुन आग्रह गरे । 

उनले भने ‘अहिले हामी अल्मलिएकाले चुनावी वातावरण बनेको छैन, फागुन २१ मा जसरी पनि चुनाव गराएर संविधानलाई सही ट्रयाकमा ल्याउनुपर्छ । त्यसपछि हामी पार्टीको महाधिवेशन गरौं ।’

केन्द्रीय समितिमा महामन्त्रीप्रति आक्रामक अभिव्यक्ति दिएका पौडेलले भने, ‘राष्ट्रिय राजनीतिको मुलधारबाट कांग्रेस ओझेलमा पुगेको महसुस भएको छ । कांग्रेस बिना फागुन २१ को निर्वाचन संभव छैन, निर्वाचन भएर संसदले पूर्णता नपाईकन संविधान बच्दैन । हामीले जनता सामु गरेका कबूल पुनःस्मरण गरौं । बिकासका तथ्यांकहरु र गिर्दै गईरहेको देशको आर्थिक अवस्था उद्योगी, व्यापारीको मनोबल गिरेर पूँजी पलायन भइरहेको विषयलाई गम्भीर भएर सोचियोस् ।’

जेन जी पुस्ताको आन्दोलन पार्टीका विरुद्ध नभएको बताउँदै पार्टीका तर्फबाट पटक पटक सत्तामा गएर गलत गरेकाको विरुद्धमा रहेको प्रष्ट पारे । 

केन्द्रीय सदस्य पौडेलले नेपाली कांग्रेस पार्टीबाट हालसम्म लाभको पदमा पुगेका सबैले आ–आफ्नो आर्थिक विवरण पार्टीमा अनिवार्य बुझाउन, पार्टीका हाल जिम्मेवारीमा रहेका नेताहरूको अस्वाभाविक खर्चको श्रोतको छानविन गर्न माग पनि गरे ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...