स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

18
Share
Featured
  • वागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रलाई नेपालले प्राथमिकतामा नपारेको भन्दै योजना र बजेट विनियोजन कमजोर भएको टिप्पणी गरेका छन्।
  • उनले रामेछापको स्वास्थ्य र शिक्षा विकासका लागि प्रदेश तथा केन्द्र स्तरमा पहल गर्ने प्रतिबद्धता जनाए भने अन्य वक्ताहरूले आयुर्वेदिक उपचारको प्रवर्द्धनमा जोड दिए।
  • कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारहरूले आयुर्वेद उपचार प्रभावकारी भएकाले यसको स्रोत, साधन र सचेतनामा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्र नेपालको प्राथमिकताको क्षेत्रमा नै नपरेको बताएका छन् । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको वार्षिक समीक्षा कार्यक्रमलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले नेपालको योजना छनोट र बजेट विनियोजनको प्रक्रिया निक्कै कमजोर भएको बताए ।

‘हाम्रोमा कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने नै छैन, प्राथमिकता के हो भन्ने हामीले निक्र्योल गर्न सकेका छैनौं,’ उनले भने । 

नेपालको स्वास्थ्य क्षेत्र अहिले पनि निक्कै कमजोर भएको उनले बताए । सारा सम्पत्ति सक्दा पनि रोगको पहिचान नै नहुने अवस्था अहिले पनि रहेको उनको भनाइ छ । ‘सम्पत्ति पनि सकिन्छ, मान्छे पनि सकिन्छ, हामी यस्तो अवस्थामा छौँ’, उनले भने । 

रामेछापको जनप्रतिनिधिको हिसाबले जिल्लाको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासको लागि आफूले सकेको प्रयत्न गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । यस विषयमा प्रदेश र केन्द्र सरकारसम्म आफूले पहल र प्रयत्न गर्ने उनले बताए । 

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले आयुर्वेद उपचार पद्धति रोगको पहिचान गर्न र दिगो रूपमा रोग निवारणको लागि निक्कै प्रभावकारी रहेको बताए । त्यसैले यसको प्रवद्र्धनका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले आयुर्वेदिक उपचारको बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताए । आयुर्वेद चिकित्सालय रामेछापले मन जित्ने गरी काम गरेको बताउँदै उनले यसलाई अझ प्रभावकारी बनाउने आग्रह गरे । 

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्वास्थ्य क्षेत्र त्यसमा पनि आयुर्वेदलाई स्रोत र साधनले सम्पन्न बनाउनुपर्ने बताए । आयुर्वेदिक उपचार पद्धति केही समय ओझेलमा परेको भए पनि अहिले यसमा आकर्षण बढेकाले यसलाई प्रवर्धन गर्न आवश्यक रहेको उनले बताए । 

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गर्न पत्रकारिता क्षेत्रबाट सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

चिकित्सालयका सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरूलगायत सरोकावालाहरुको सहभागिता रहेको थियो ।

यो समाचारमा

बागमती प्रदेशनेपालकाठमाडौँरामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...