सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार १४:२३

9
Share
Featured
  • सेयर बजारका लगानीकर्ताहरूले बजार सुधार र पारदर्शिताका लागि धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रम सञ्चालन गरेका छन्।
  • उनीहरूले बोर्डले लगानीकर्ताको हितका लागि काम नगरेको आरोप लगाउँदै सुधार र जिम्मेवार नेतृत्वको माग गरेका छन्।
  • अभियानका अगुवाहरूले १८ बुँदे मागसहित धितोपत्र बोर्डलाई भ्रष्टाचारमुक्त र प्रभावकारी बनाउन आन्दोलन सुरु गरेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सेयर बजारका लगानीकर्ताहरुलेनेपाल धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । 

शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् । 

‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन ।

शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन् । 

सोही क्रममा एकजना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए । 

उनले भने, ‘हामीले खाना खाएको थाली सफा नगरी फेरि त्यसमै खान सकिदैन् । त्यसैले काम गर्ने बजारलाई शुद्धिकरण वा सुधार नगरि बजार चलायमान बनाउन सकिदैन्,’ अगाडि भने,‘लगानीकर्ताहरुको हक हितका बारेमा सरकार र धितोपत्र बोर्डले सोच्नु पर्दैन् ? बोर्ड के का लागि स्थापना भएको हो लगानीकर्ताहरुको लागि नै होइन ? लगानीकर्ताको लागि काम नगर्ने हो भने धितोपत्र बोर्ड किन चाहियो ?’

यस्तै, उनले अन्तरिम सरकारले लगानीकर्ताहरुका पक्षमा काम गर्छ भन्ने आशा व्यक्त गरे । 

उनले भने, ‘अहिलेको सरकारले काम गर्छ भन्ने आशा गरेका छौं । अहिलेको सरकारले पनि काम गरेन भने पहिला र हालको सरकारमा केही फरक छैन् । काम गर्न सक्ने खालको अध्यक्ष हामीलाई चाहिएको छ । अहिलेको अध्यक्षले काम गरेको भए मागसहित आन्दोलनमा आउनुपर्ने अवस्था हुदैँन् थियो ।’

अभियानका अगुवा वा लगानीकर्ता आदित्य शिवाकोटीले १८ बुँदे माग राखेर अघि बढेकाले आन्दोलनमार्फत नै बोर्डलाई जिम्मेवार बनाउने बताए । 

धितोपत्र बोर्ड भ्रष्टाचार लिप्त भएको भन्दै यसलाई भ्रष्टाचारमुक्त बनाउनको लागि अभियान चालेको पनि उनको भनाई छ । उनीहरुले बोर्ड सुधार र लगानीकर्ताको हितका लागि १८ बुँदे मागपनि तयार गरेका छन् ।

यो समाचारमा

काठमाडौँनेपाल धितोपत्र बोर्ड

ट्यागहरू

#सरकार#शेयर बजार#भ्रष्टाचार विरुद्ध#बजार#नेपाल सरकार#काठमाडौं#बजार मूल्य#सेयर#आन्दोलन#नेपाल धितोपत्र बोर्ड#कार्यालय#भ्रष्टाचार#कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू