वीरगञ्ज नाकाबाट तीन महिनामा २६ अर्ब ५९ करोडको सामान निर्यात

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

9
Share
Featured
  • चालु आर्थिक वर्षका पहिलो तीन महिनामा वीरगञ्ज नाकाबाट रु २६ अर्ब ५९ करोड मूल्यका वस्तु निर्यात भएका छन्, जुन गत वर्षको सोही अवधिका रु ८ अर्ब ८४ करोडभन्दा धेरै वृद्धि हो।
  • प्रमुख निर्यात वस्तुहरूमा भटमासको प्रशोधित तेल (रु १३.९८ अर्ब), जुस (रु २.०७ अर्ब), सूर्यमुखी तेल (रु १.७० अर्ब), कपडा (रु ९७ करोड) र सेन्थेटिक यार्न (रु ६६ करोड) रहेका छन्।
  • यो निर्यात वृद्धिले नेपालको व्यापार घाटा घटाउन र अर्थतन्त्र सुदृढ गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि भएको छ। प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवको सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए।

चालु आवको तीन महिनामा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ।

यसैगरी, चालु आवको तीन महिनामा रु दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ। साथै, रु एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल, रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र रु ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न पनि निर्यात भएका छन्।

यो वृद्धिले नेपालको व्यापार घाटा कम गर्न र अर्थतन्त्रलाई टेवा पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...