जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

39
Share
Featured
  • ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिँदै जनताको भरोसा तोडेको आरोप लगाएका छन्।
  • उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्यालले भ्रष्टाचार र हत्यारा विरुद्ध कारबाही नगरी ‘जेनजीमाथि मात्र ध्यान दिएको’ भन्दै राष्ट्रप्रतिको अपमान गरेको टिप्पणी गरेका छन्।
  • गुरुङले गृहमन्त्रीलाई शहीदको बलिदान र जनताको आशा सम्झन आग्रह गर्दै “काम गर्न नसके पद छोड्ने वाचा पूरा गर्न” आग्रह गरेका छन्।
  • उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिंदै आगामी प्रेस कन्फ्रेन्समार्फत गृहमन्त्रीको राजनीतिक भविष्य तय हुने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् । 

गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’

उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो । अब त्यो समय आएको छ । किनभने दुई महिना भइसक्दा पनि न भ्रष्टाचारविरुद्ध कारबाही भएको छ, न हत्यारा विरुद्ध कारवाही गरिएको छ ।’

गुरुङले आफू र आफ्ना सहकर्मीहरू राष्ट्रहितका लागि लडिरहेको बताउँदै लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचार, चरित्र हत्या र अपमान सहनु प-यो । म सोच्थें—कामले बोल्छ । तर अब तपाईंबाट आशा हराइसकेको छ ।’

यसैगरी उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् ।

उनले चेतावनी दिंदै भनेका छन्, ‘यदी नेपाली जनता र जेनजीका मागहरू सम्बोधन भएनन् भने यसपालीको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’


यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...