अमेरिकी राजनीतिमा विनिताले रचिन इतिहास

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

37
Share
Featured
  • अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित स्वातारा टाउनसिपमा नेपाली भाषी भुटानी समुदायकी तेक्वान्दो प्रशिक्षक विनिता पुरी राई आयुक्त पदमा निर्वाचित भएकी छन्, जसले नेपाली र दक्षिण एशियाली समुदायमा खुशी छाएको छ।
  • उनले समावेशी नेतृत्व, पारदर्शिता र समुदायको दिगो विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै स्थानीय पूर्वाधार र युवाको सहभागिता विस्तारमा जोड दिने वाचा गरेकी थिइन्।
  • चुनावमा डेमोक्र्याटिक पार्टीका बेन डगलस पहिलो र विनिता दोस्रो स्थानमा रहँदै विजयी भइन्; उनले ३४५३ मत (२६.८७%) प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेदवारहरूले क्रमशः २९३६ र २८९४ मत पाए।
  • भुटान हुँदै नेपाली शरणार्थी शिविरमा संघर्ष गर्दै हुर्केकी विनिताले अमेरिका आएपछि तेक्वान्दोबाट जीवन बदलेकी थिइन् र अहिले नेपाली भाषी भुटानी समुदायबाट पहिली महिला जनप्रतिनिधि बन्न सफल भएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न स्थानीय निर्वाचनमा विनिता पुरी राई स्वातारा टाउनसिपकी आयुक्त पदमा विजयी भएकी छन । तेक्वान्दो प्रशिक्षक उनी स्वातारा टाउनसिपको आयुक्त बनेपछि चर्चापनि चुलिएको छ । 

विनिताको विजयले मध्य पेन्सिलभेनियामा बसोबास गर्ने नेपाली भाषी, नेपाली समूदाय तथा दक्षिण एशियाली समूदायमा खुशीयाली समेत छाएको छ । 

समावेशी नेतृत्व, पारदर्शिता तथा समूदायको दिगो विकासलाई प्राथमिकता दिएकी उनले स्थानीय पूर्वाधार सुधार, युवाको सहभागिता विस्तार र सबै वर्गका बासिन्दाको हितमा समान अवसर सुनिश्चित गर्ने प्रतिवद्धता जनाएकी थिइन् । 

विजयपछि उनले सम्पूर्ण समूदायको विजय भएको प्रतिक्रिया दिएकी छिन् । निर्वाचनको नतिजा आउनु अगाडि स्थानीय माहोल पनि निकै रोचक बनेको थियो । नोभेम्बर ४ तारिख, रातको साँढे ११ बजेको थियो । ह्यारिसबर्ग स्थित स्वातारा टाउनसिपमा रहेको इन्डियन करी रेस्टुरेन्टको हलमा आफ्ना समर्थ र शुवेच्छुकहरुलाई सम्बोधन गर्न विनिता मन्च चढिन् । 

स्वातारा टाउनसिप आयुक्त पदका लागि मंगलवार सम्पन्न चुनावको मतगणनाको अन्तिम नजिता आइसकेको थिएन । यद्यपि विनितासहित डेमोक्रयाटिक पार्टीका अर्का उम्मेदवार बेन डगलस निर्वाचित हुने लगभग निश्चित भइरहेको थियो । 

‘अघि विनयजीले भनीसक्नु भएको छ, म अलिकति भावुक भएको छु, सबै कुरा मेरातर्फ आइरहेको छ, सर्वप्रथम सबैलाई धन्यवाद दिन चाहन्छु मेरो मनदेखि, आज हाम्रो विजय भएको दिन ।‘ विनिताले त्यति भन्दा नभन्दै उनको पछाडि रहेको ठूलो पर्दामा अन्तिम नजिता अद्यावधिक भयो । 

‘दशमा दश’  दर्शक दीर्घामा रहेका कसैको आवाज आयो । ‘यहाँ हेर्नुस्, मेरो नाम आउना साथ’, पछाडि रहेको ठूलो पर्दातिर फर्कँदै विनिताले भनिन् ‘टेन अप दि टेन, दिसइज दि विनर।‘ (दशमा दश यो विजय हो)

‘ओके आइएम सो ह्याप्पी’ (म धेरै खुसी छु) त्यसपछि विनिताको गला बस्यो । उनी एकाएक भक्कानिइन । ‘हामीले गर्यौं, हामीले ग-यौ’ केही समय रोकिएपछि उनी बोलिन् । 

फेरि पनि उनलाई बोल्न कठिन भयो । हलमा उपस्थितहरूले उनलाई प्रोत्साहन गरिनै रहे । केही समयपछि उनी फेरि बोल्न थालिन । हुन पनि त्यो हलको माहोल, स्तब्ध तर उल्लासपूर्ण थियो ।

हलमा रहेका विनिताका पिता देउराज पुरी आफै पनि यो सपना हो किन भन्दै थिए । नहोस् पनि किन् । उनीकी कान्छी छोरी तेक्वान्दो प्रशिक्षक विनिता अव स्वातारा टाउनसिपको नवनिर्वाचित आयुक्त भइसकेकी थिइन् । 

विनिता जति बेला ६ वर्षकी थिइन । देउराजले डोहोर्याउँदै विनितालाई तेक्वान्दो खेल्ने ठाउँमा पु¥याएका थिए ।

तिनै विनिता आज विश्वको सर्वशक्तिमान् मुलुक अमेरिकाको जन निर्वाचित प्रतिनिधि बनिन् । अझ त्यो भन्दा गौरवको कुरा विनिता अमेरिकामा नेपाली भाषी भुटानी समुदायबाट पहिलो महिला जनप्रतिनिधि भइन् ।

उनको यो यात्रा सजिलो थिएन । पेन्सिल्भेनिया ‘स्विङ स्टेट’ । गत वर्षको चुनावमा राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले बाजी मारेको । स्वातारा टाउनसिपमा पनि विनिताका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका थिए। दुवै जना बहालवाला आयुक्त । दुई पदका लागि चार जनाको भिडन्त ।

आगामी चार वर्षको कार्यकालका लागि सत्ता पक्ष र प्रतिपक्षको भिडन्त । कुल १२ हजार आठ सय ५२ मत खस्दा, डेमोक्रेटिम पार्टीका बेन डगलस २७ दशमलव ६५ प्रतिशत अर्थात ३५ सय ५४ मत पाएर पहिलो भए । विनिता राई २६ दशमलव ८७ प्रतिशत अर्थात ३४ सय ५३ मतसहित दोस्रो हुँदै विजयी भइन् । 

प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका माइकल टकी २९ सय ३६ मत । २२ दशमलव ८४ प्रतिशत र क्रिस्टिन जुबेक २८ सय ९४ मत । २२ दशमलव ५२ प्रतिशत ल्याए।

यस अगाडि विनिताको परिचय फरक थियो । भुटान हुँदै नेपालको शरणार्थी क्याम्पमा संघर्ष गरेको अनि तेक्वान्दो खेलाडी भएको परिचय थियो । अमेरिका आएपछि तेक्वान्दोले उनको जीवन फेरिदिएको थियो।

दुई सन्तानकी आमा र श्रीमती वा बुहारी । यी सबै जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्दै उनले तेक्वान्दो स्कुल खोल्ने आँट दुई वर्ष अगाडि गरेकी थिइन । उनी भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) को उपाध्यक्ष समेत बनेकी थिइन् । 

विजयी घोषित भएपछि उनी साथीहरूलाई अँगालो हाल्दै धेरै बेर रोइन ।  उनका आँखाबाट आँसु बरबर झरेका थिए। बिनिताले आफ्नो पिडा त्यो आँसुमा झारेकी थिइन्। आँसुमा मात्र होइन उनले शब्दमा पनि व्यक्त गरिन्।

‘आज म यहाँ मेरा सबै समर्थकहरू, मेरा सबै स्वयंसेवकहरूको कारणले छु जसले पहिलो दिनदेखि नै समर्थन गरिएको छ। मलाई थाहा छ म धेरै भावुक छु। म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु र आज तपाईँहरू सबैबाट आभारी छु,’ विनिताले भनिन् । 

विनितालाई अमेरिकी मूलधारको राजनीतिमा ल्याउने स्वातारा टाउनसिपका आयुक्त टम कोलनीले उनको जित अविश्वसनीय, ऐतिहासिक भएको बताए ।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाकाठमाडौँनेपालडोनाल्ड जोन ट्रम्प
भुटान4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...