गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

14
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन् ।  

उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ । त्यो सुधार पार्टी भित्र हुन्छ । पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छौ, पुनःजागरण कसरी गर्छौ ? र शुद्ध भएको जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउछ ?’

नेता थापाले जेनजी आन्दोलनमार्फत युवाहरुले नेपाली कांग्रेसको मूल्य–मान्यता अनुरुप व्यवहार कार्यशैली नभएको भनी प्रश्न उठाएको बताए । 

थापाले विगतमा गल्ती गरेको स्वीकार गर्दै अब अविधेशनबाट नयाँ संकल्प र  योजनाहरु बनाउनुपर्ने बताए । 

‘हिजो हामीले पनि गल्ती र कमजोरी गर्यौ । अव नगर्ने के छ ? भ्रष्टाचारको कुराबाट समाजलाई वा संस्थाहरुलाई कसरी अलग गर्छौ  ? तमाम् विषयहरुका सन्दर्भमा हामीले आफूले हाम्रो अविधेशनबाट संकल्प गर्नुपर्नेछ, हाम्रो योजनाहरु बनाउनुपर्नेछ,’ उनले भने । 

उनले नेपाली कांग्रेस पावससँग जोडिएको पार्टी नभएको पनि बताए  । 

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...