चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

13
Share
Featured
  • चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) मा विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ।
  • यसअन्तर्गत याङ्त्से नदीमा छ वटा ठूलो जलविद्युत् आयोजना, सातवटा स्वच्छ ऊर्जा परियोजना र अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरी पूर्वी तटीय क्षेत्रसम्म ऊर्जा पुर्याइएको छ।
  • चीनले ऊर्जा भण्डारणका लागि आधुनिक प्रविधि प्रयोग गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्यसहित आगामी १५औँ पञ्चवर्षीय योजनामा नवीकरणीय ऊर्जा विकासलाई अझ तीव्र गतिमा अघि बढाउने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो ।

१५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । चीनले यसअघि सन् २०३० भित्र आफ्नो मुलुकलाई कार्बन उत्सर्जनको सर्वोच्च बिन्दुमा पु-याउने र २०६० भित्र कार्बन निष्पक्षता (कार्बन न्युट्रालिटी) प्राप्त गर्ने लक्ष्य घोषणा गरेको थियो ।

त्यसपछि चीनले उक्त लक्ष्यलाई साकार पार्न अनेकौं महत्वाकांक्षी परियोजनाहरू अघि बढाएको छ । खासगरी याङ्त्से नदीको मुख्य धारमा छ वटा ठूला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिएको छ ।

त्यसैगरी, चीनको विशाल दक्षिण–पश्चिम तथा पश्चिमी भूभागमा सातवटा ठूलो स्तरका स्वच्छ ऊर्जा परियोजना सञ्चालनमा ल्याइएका छन् । यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पु¥याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ ।

ऊर्जा भण्डारणका लागि चीनले गुरुत्वाकर्षण आधारित ऊर्जा भण्डारण तथा वायु ऊर्जा भण्डारण जस्ता अत्याधुनिक प्रविधिको उपयोग गरेको छ, जसले नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोगमा मद्दत गरेको छ ।

आगामी १५ औँ पञ्च वर्षीय योजना अवधिमा पनि चीनले आर्थिक आधुनिकीकरण र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नवीकरणीय ऊर्जा विकासलाई अझ तीव्र गतिमा अघि बढाउने संकेत गरेको छ ।

यो समाचारमा

गुरुत्वाकर्षणचीनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...