हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

27
Share
Featured
  • हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी हुँदा भवनसहित सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका छन् ।
  • दुई तले ढुङ्गा-माटोको भवनमा भएको आगलागी साँझको समयमा भएको हो, तर कसले आगो लगाएको भन्ने बारेमा अहिलेसम्म खुल्न सकेको छैन ।
  • स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइए पनि कम्प्युटर, किताब, दराज, बोर्ड र कागजातलगायत सबै सामग्री नष्ट भएका छन् र घटनाबारे अनुसन्धान जारी छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी हुँदा विद्यालयको भवन सहित शैक्षिक सामाग्री खरानी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका हुन् ।

ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।

‘विद्यालयको कार्यालय रहेको कोठामा ताल्चा नलगाएको अवस्थामा साँझको समयमा एक्कासी आगलागी भएको थाहा भएको हो । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा अहिले सम्म खुलेको छैन,‘ रोकायाले नेपाल न्युज बैंकसँग भने । ‘स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ र घट्ना कसले गरायो भन्ने बारेमा अनुसन्धान सुरु भएको छ ।’

आगालागीका कारण विद्यालयको कार्यालयमा राखिएका कम्प्युटर, किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत सम्पुर्ण कागजातहरू जलेर नस्ट भएको उनले जानकारी दिए ।

आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ ।

यो समाचारमा

अदानचुली गाउँपालिकानेपालहुम्लाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...