जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

13
Share
Featured
  • जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ ।
  • बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत २२ बुँदे राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ ।
  • प्रतिवेदनमा नेपालको वर्तमान राजनीतिक अवस्था, पार्टीको कार्यदिशा, सङ्गठनात्मक योजना, पार्टी एकता र चुनावी तालमेलजस्ता विषय समावेश गरिएका छन् ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।

बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ । 

यो समाचारमा

उपेन्द्र यादवनेपालकाठमाडौँजनता समाजवादी पार्टी, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...