राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

25
Share
Featured

काठमाडौँ


राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई आज अपराह्न स्वदेश फर्किने भएका छन् । 

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। साथै, सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भ गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गरेका थिए ।

सम्मेलनमा विश्वभरका विभिन्न मुलुकका राष्ट्रप्रमुख, मन्त्रीहरू, विज्ञ तथा नीति–निर्माताहरूको सहभागिता रहेको थियो ।

यो समाचारमा

काठमाडौँकतारदोहारामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...