राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

13
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले कतारको दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
  • सम्मेलनमा उनले गरिबी निवारण, उत्पादनशील रोजगारी, मर्यादित काम र सामाजिक समावेशीकरणका विषयमा केन्द्रित उच्चस्तरीय गोलमेचमा सम्बोधन गरे ।
  • दोहामा रहँदै राष्ट्रपति पौडेलले कतार राष्ट्रिय संग्रहालय, इस्लामिक कला संग्राहालयको अवलोकन गरेका र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका छन् ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्यहाँस्थित कÞतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन गरेका छन् । 

सो अवसरमा राष्ट्रपति पौडेललाई संग्राहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँको बारेमा अवगत गराएका हुन् । 

राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका छन् ।  

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार पुगेका राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सम्बोधन समेत गरेका थिए । 

साथै उनले सम्मेलन अन्र्तगत त्यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गरेका थिए । राष्ट्रपति पौडेलले मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट पनि गरेका छन् ।   

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको छ । 

यो समाचारमा

कतारसंयुक्त राष्ट्ररामचन्द्र पौडेलदोहा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...