वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

16
Share
Featured
  • वीरगन्ज–१९ दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोलसहित दुई युवक, संजय साह कलवार (२८) र सुमित कुमार मण्डल (२२), सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
  • उनीहरूलाई नेपाल–भारत सीमाको नजिक पिलर नं. ३९०–२२ मा नियमित गस्तीका क्रममा नियन्त्रणमा लिइएको र हतियार प्लास्टिकको बोराबाट बरामद भएको हो।
  • कलवारको स्वास्थ्य अवस्था बिग्रिएपछि नारायणी अस्पतालमा उपचार भइरहेको छ भने मण्डल र बरामद हतियार जिल्ला प्रहरी कार्यालय पर्सामा अनुसन्धानका लागि राखिएको छ।
समाचार सारांशGenerated using AI.



वीरगन्जको दशगज्जा क्षेत्रबाट बुधबार एक थान नलकटुवा पेस्तोल सहित सशस्त्र प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१९ इनर्वामा पर्ने दशगज्जा क्षेत्रबाट हतियार सहित पक्राउ परेका युवामध्ये बाराको जितपुरसिमरा उप-महानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगन्ज महानगरपालिका–५ कुम्हाल टोलका २२ वर्षीय सुमित कुमार मण्डल रहेका छन् ।

सशस्त्र प्रहरी नेपाल प्रस्तावित सुरक्षा गुल्म र भारतीय सिमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले नेपालभारत सीमाको पिलर नं. ३९०–२२ नजिकै नेपालतर्फ नसालु पदार्थ सेवन गरिरहेका कलवार र मण्डललाई हतियारसहित पक्राउ गरेको सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीका अनुसार नियमित गस्तीको क्रममा सिर्सिया खोलाको रीतबाट दक्षिणतर्फ जाँदै गर्दा झ्याँगमा बसिरहेका कलवार र मण्डललाई देखी जाँच गर्दा नजिकै रहेको प्लास्टिकको बोराबाट नलकटुवा पेस्तोल बरामद गरिएको हो । आवश्यक अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

पक्राउ परेका कलवारको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ भने मण्डल र बरामद गरिएको हतियारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको डीएसपी भण्डारीले जानकारी दिए ।

हतियारसहित पक्राउ परेका मण्डलले बरामद भएको हतियार आफूहरुको नभएको दाबी गरेका छन् । 

सिर्सिया खोलाको किनारमा रहेको दशगज्जा क्षेत्रको झ्याँगमा बसेर लागुपदार्थ सेवन गरिरहेका बेला प्रहरी आएर नजिकैको बोराबाट हतियार बरामद गरेको र त्यस हतियार आफूमाथि झूटो आरोप लगाइएको दाबी मण्डलले सञ्चारकर्मीहरूसँग गरे ।

बरामद गरिएको हतियार र पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ भने कलवारको उपचार नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

भारतबारानेपालजितपुरसिमरा उप-महानगरपालिका
वीरगञ्ज महानगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...