खाना पकाउने ग्याँस र डिजेलको आयात घट्यो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

24
Share
Featured
  • चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात क्रमशः ९–९ प्रतिशत र ३९ प्रतिशतले घटेको छ।
  • त्यसैगरी, पेट्रोल र हवाई इन्धनको आयात क्रमशः १४ प्रतिशत र ४ प्रतिशतले बढेको छ।
  • वीरगन्ज नाका नेपालका लागि आवश्यक इन्धन, औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको मुख्य प्रवेशद्वार हो, जहाँ ७० प्रतिशतभन्दा बढी इन्धन र ६५ प्रतिशतभन्दा बढी सामान आयात हुन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात घटेको हो ।

आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोजसम्मको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा खाना पकाउने एलपी ग्याँस र डिजेलको आयात ९–९ प्रतिशतले घटेको छ भने मट्टितेलको आयात ३९ प्रतिशतले कमी आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट १७ अर्ब १९ करोड मूल्यको १ लाख ९२ हजार ६६३ किलो लिटर (केएल) डिजेल, १३ करोड ९९ लाख मूल्यको १ हजार ५०० केएल मट्टितेल र ८ अर्ब २४ करोड ८३ लाख मूल्यको ७५ हजार ५५२ मेट्रिक टन खाना पकाउने ग्याँस आयात भएको थियो ।

तुलनामा, चालु आवको सोही अवधिमा १५ अर्ब ७२ करोड ८३ लाख मूल्यको १ लाख ७४ हजार ९२४ केएल डिजेल, ८ करोड २२ लाख मूल्यको ९५० केएल मट्टितेल र ७ अर्ब ४९ करोड २८ लाख मूल्यको ७३ हजार ९७७ मेट्रिक टन ग्याँस आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

समिक्षा अवधिको तुलनामा चालु आवमा डिजेल १७ हजार ७३८ केएल, मट्टितेल ५५० केएल र ग्याँस १ हजार ५७५ मेट्रिक टनले कम आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज नाकामार्फत नेपालका लागि हुने पेट्रोलको आयात भने १४ प्रतिशत र हवाई इन्धनको आयात ४ प्रतिशतले बढेको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

गत आवको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट नेपालका लागि ९ अर्ब ६५ करोड मूल्यको १ लाख ९ हजार २८७ केएल पेट्रोल र ३ अर्ब ९२ करोड ५२ लाख मूल्यको ४२ हजार २३६ केएल हवाई इन्धन आयात भएको थियो ।

तुलनामा, चालु आवको सोही अवधिमा नेपालका लागि १० अर्ब ७२ करोड ७१ लाख मूल्यको १ लाख २५ हजार ३५० केएल पेट्रोल र ४ अर्ब ५ करोड ९७ लाख मूल्यको ४५ हजार १६७ केएल हवाई इन्धन आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ पोखरेलले जानकारी दिए ।

वीरगन्ज नाकाबाट नेपालका लागि आवश्यक इन्धनको ७० प्रतिशतभन्दा बढी आपूर्ति हुने गर्छ भने ६५ प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको आयात यसै नाकाबाट हुने गरेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...