नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

22
Share
Featured

काठमाडौँ


आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएइलाई २४० रनको लक्ष्य दिएको छ ।

बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रन बनाएको हो ।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।

ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३७ रन थप्दा आरिफ शेखको नाममा ३० रन रह्यो । १० औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।

कुशल मल्ल र सन्दीप लामिछानेले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।

यो समाचारमा

नेपालसंयुक्त अरब इमिरेट्सदिपेन्द्र सिंह ऐरीसन्दीप लामिछाने
क्रिकेट7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...