मृतकको मलामीमा नदेखिने जेनजी नेताले क्रेडिट लिन खोजे : प्रवक्ता सुमन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

17
Share
Featured
  • जनता समाजवादी पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जेनजी आन्दोलनपछि केही अगुवाहरू मृत्युवरण गर्ने वा घाइते भएका व्यक्तिलाई अस्पतालमा नपुगेर सहयोग नगरेको र त्यसपछि आफूलाई क्रेडिट लिन खोजेको आरोप लगाए।
  • उनले जेनजी अगुवाहरूले राज्य स्वघोषित गर्दै आफैं काम बाँडफाँड गर्ने हानथाप गरेको र विपत्तिको व्यवस्थापनमा आफ्नो भूमिका नलिएको स्पष्ट पारे।
  • सुमनले राजनीतिक दलहरूले सचिनै हुनु आवश्यक भएको र जेनजी आन्दोलनले ०८४ सालको चुनाव बाहेक धेरै फाइदा नपाएको उल्लेख गर्दै जनता समाजवादी पार्टी पनि फुट्दा–जुट्दा बलियो बनेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष कुमार सुमनले जेनजी आन्दोलनका लागि अनुमति लिने जेनजी अगुवाहरु आन्दोलन पछि मृत्युवरण गरेकाहरुको मलामी र घाइतेहरुलाई भेट्न अस्पतालहरुमा नपुगेको बताएका छन् । तर तिनै नेता तथा अगुवाहरुले क्रेडिट लिन खोजेको उनको अरोप छ ।

राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि सक्किँदै दल ?’ शीर्षकमा आयोजित दोस्रो प्यानलको छलफलमा बोल्दै उनले जेनजी आन्दोलन पछि जेनजी अगुवाहरु राज्य स्वघोषित गर्ने हानथाप गर्न लागेको बताए । 

उनले भने, ‘जो पुरुषोत्तम यादव जी तपाईले सिडियो कार्यालयबाट अनुमति लिन जानुभएको थियो उनलाई कुनै मलालीमा खासै देखिन त्यो ७६ जनाहरुको मलामीमा । अस्पतालमा पनि खासै भेटिन । उनलाई मात्र हैन त्यो आयोजक भन्ने पछिल्लो दिनमा भेप खाएर उदाएकाहरु अथवा सामाजिक सञ्जालमा आफ्ना विशिष्ट चरित्र प्रधान गर्ने मेयर सावहरु कोही पनि जो त्यो आन्दोलनको उपलव्धि लिन हानाथाप गरिरहेका छन् तिनीहरुमध्ये कसैलाई मैले मृत्युवरण गरेरका वा अस्पतालमा छट्पटाई रहेकाहरु सम्म गएको पनि देखिन ।’

उनले आफ्नो सिफारिसमा मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने भन्दै आफै हानथाप गरिरहेको भन्दै जेनजीका अगुवाहरुसँग गुनासो पोखे । 

‘उहाँहरु बरु मेरो सिफारिसमा प्रधानमन्त्री बनाइदेयौँ । राज्य म हुँ राज्यले गर्नुपर्ने काम म गर्छु बाकी तपाईहरु विपतको व्यवस्थापन गर्ने कामहरु गर्नुस् भनेर आफै राज्य स्वघोषित गर्ने हानथाप थियो,’ उनले भने । 

उनले जेनजी आन्दोलनपछि जनयुद्ध गरेर आएको पार्टी फुटेको भन्दै जनता समाजवाद नेपाल पार्टी फुट्दै अनि जुट्दै बलियो बनेको समेत बताए । 

‘फुट्दै फुट्दै जादा जनता समाजवाद पार्टी नेपाल फुट्दै भन्दा पनि जुट्दै जुट्दै गएको हो । एकदिन बाबुराम भट्टराई हाम्रै पार्टीको नेता हुनुन्थ्यो । अशोक कुमार राई हाम्रौ पार्टीमा हुनुहुन्थ्यो,’ उनले थप भने, ‘पछिल्लो दिन फुटेकोमा हाम्रो पार्टीलाई मात्र किन खिसिटिउरी गर्नुहुन्छ । जनयुद्ध गरेर आएको पार्टी पनि फुटेर आएको देखेको छु । आफै फुटेर खड्गप्रसाद शर्मा ओली ठिक छैनन् भनेर फुटेर हिडेकाहरु पनि फुटेको देख्दैछु ।’ 

प्रवक्ता सुमनले राजनीतिक दलहरु सचिनै पर्ने बाध्यता रहेको भन्दै जेनजी आन्दोलनले ०८४ मा हुने चुनाव ०८२ हुनु वाहेक केही फाइदा नरहेको बताए । 

यो समाचारमा

अशोक कुमार राईखड्गप्रसाद शर्मा ओलीबाबुराम भट्टराईजनता समाजवादी पार्टी, नेपाल
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...