बर्दियामा हात्ती उपचार शिविर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

21
Share
Featured
  • बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले घरपालुवा हात्तीहरूको उपचारका लागि दुई दिनसम्म हात्ती उपचार शिविर सञ्चालन गरेको छ, जसमा १४ हात्तीको उपचार भइरहेको छ।
  • अमेरिकाको केएसिफका १० जना चिकित्सकसहित नेपाली चिकित्सक र प्राविधिक टोलीहरूले नङ काट्ने, खोप लगाउने, रगत संकलन गर्ने र विभिन्न रोग परीक्षणको कार्य गरिरहेका छन्।
  • हरेक वर्ष सञ्चालन हुने यो शिविरले हात्तीको खुट्टा र स्वास्थ्यमा सुधार ल्याएको बताइँदै आएको छ, र हरेक ६ महिनामा नियमित स्याहार र उपचार गरिने गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बर्दियामा हाथी उपचार शिविर सञ्चालन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जराष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचारका लागि शिविरको आयोजना गरिएको हो । 

हरेक बर्ष गरिने शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ ओटा र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरि १४ हात्तीलाई उपचार गरिदै छ । उपचारका लागि अमेरिकाका केएसिफका १० जना विदेशी चिकित्सक, नेपाली चिकित्सक र प्राविधिक टोलीहरू खटिएका छन् । 

शिविरमा हात्तीको नङ् काट्ने, खोप लगाउने, रगतको नमुना संकलन गरि विभिन्न रोगहरू पत्ता लगाउने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालले बताए  । 

केएसिफको सहयोग र  राष्ट्रिय प्रकृति संरक्षणकोषको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । हात्तीको तौल धेरै हुने र खुट्टामा बढि लोड हुने भएकोले खुट्टाको बढि स्याहार गर्नु पर्ने भेटेनरी डाक्टर रिजालले बताएका छन्   । दुई दिन सम्म चल्ने शिविरमा नङ् काट्ने, खोप लगाउने, रगत नमुना संकलन गर्ने कार्य भईरहेको छ । हात्तीको शरिरमा कुनै घाउ चोटपटक भएमा त्यसको उपचार समेत गरिने उनको  भनाइ रहेको छ । 

त्यस्तै शिविर दुई दिन सम्म चल्ने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरोजमणी पौडेलले बताएका छन् ।  उनले घरपालुवा हात्तीको नङ छिटो बढ्ने हुनाले त्यसको स्याहार गर्नुपर्ने बताए । उनले् हरेक ६ –६ महिनामा हात्तीको नङ काट्ने गरिएको बताउँदै शिविरमा हात्तीको विशेष उपचार गरिने बताए । 

बर्दियामा विगत् ५ बर्ष देखि हरेक बर्ष शिविर सञ्चालन गर्दै आएको छ । उपचार पाईरहेको हुनाले अहिले हात्तीको खुट्टा र हात्तीको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरूले बताएका छन् । 


यो समाचारमा

काठमाडौँबर्दियाबर्दिया राष्ट्रिय निकुञ्जराष्ट्रिय प्रकृति संरक्षण कोष
हाथी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...