पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकहरुको मनोविज्ञान हल्लिएको छ : महामन्त्री कुन्ती शाही

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

13
Share
Featured
  • कुन्ती कुमारी शाहीले नेपाली राजनीतिक दल र नेताहरूको चरित्रमा अविश्वास बढेको बताउँदै वर्तमान राजनीति अत्यन्त जटिल र अविश्वासपूर्ण बनेको टिप्पणी गरिन्।
  • उनले दलभित्र बोली र व्यवहारबीच ठूलो अन्तर देखिँदै नेपाली नागरिकबीच पनि विश्वासको संकट सिर्जना भएको उल्लेख गरिन्।
  • शाहीले राजनीतिक दल र नेताहरूलाई आत्ममूल्यांकन गर्दै झूट र अपराधमूलक प्रवृत्तिबाट मुक्त भई राष्ट्रहितमा एकताबद्ध हुन आग्रह गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती कुमारी शाहीले नेपाली राजनीतिक दल र नेताहरूको चरित्रप्रति गम्भीर प्रश्न उठाउँदै वर्तमान राजनीतिक अवस्था ‘अत्यन्त जटिल र अविश्वासपूर्ण’ बनेको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिदै कि सक्किदै दल ?’ विषयमा आयोजित दोस्रो प्यानल छलफलमा बोल्दै शाहीले पछिल्लो दुई महिनाको राजनीतिक घटनाक्रमले नागरिकहरुको मनोविज्ञान नै हल्लिएको बताइन् ।

उनले भनिन्, ‘दुई महिनाभित्र पनि एउटा दलको जिम्मेवारी व्यक्ति मात्र होइन, हरेक नेपालीको मन र मस्तिष्क नै उथलपुथल भएको छ । अहिले पनि प्रश्न यही छ– के हामी स्वतन्त्र नेपाली नागरिक बन्न सकेका छौं ?’

शाहीले दलभित्रका नेताहरूको चरित्र, बोली र व्यवहारबीच ठूलो अन्तर देखिएको बताइन् । उनले भनिन्, ‘हामीले बहस गरिरहेको विषय सामान्य होइन । अहिले यस्तो अवस्था आएको छ, जहाँ कुनै नेपालीले अर्को नेपालीमाथि विश्वास गर्न छाडेको छ । यो नै हाम्रो तितो यथार्थ हो ।’

शाहीले राजनीतिक दल र नेताहरूलाई आत्ममूल्यांकन गर्न आग्रह गर्दै भनिन्, ‘यदि हामी दलका नेताहरूले अझै नसच्चिने हो, विचारहरू स्पष्ट रूपमा प्रस्फुटन गर्न नसक्ने हो भने प्रश्न यही उठ्छ— नेपाली हामी रहन्छौं कि रहँदैनौं ?’

उनले अझै दलका नेताहरू र व्यक्ति नसच्चिए छिमेकी राष्ट्रबाट हस्तक्षेप हुने सम्भावित रहेको समेत बताइन् । 

उनले भनिन्, ‘जब घरभित्रको विश्वास हराउँछ, त्यस्तो घरमा बाहिरबाट हस्तक्षेप हुनु अनिवार्य हुन्छ ।’

शाहीले राजनीतिक दलहरूलाई ‘झुट र अपराधमूलक प्रवृत्तिबाट मुक्त भई राष्ट्रहितमा एकीकृत’ हुनुपर्ने आवश्यकता औंल्याइन् ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...