नेपाल–भारत सहसचिव स्तरिय संयुक्त प्राविधिक टोलीको बैठक,प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

10
Share
Featured
  • पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण सहमति भएको छ।
  • बैठकमा विद्युत आदान–प्रदान क्षमता विस्तार, प्रसारण प्रणाली सुदृढीकरण, नयाँ प्रसारण लाइन निर्माण (चमेलिया–जौलजिवी, बुटवल–गोरखपुर, निजगढ–मोतीहारी) र डिपिआर तयारीसम्बन्धी निर्णयहरू लिइएको छ।
  • ढल्केवर–मुजफ्फरपुर र अन्य प्रसारण लाइनहरूको क्षमता अभिवृद्धि र सुधार गरी नेपाल–भारत ऊर्जा व्यापार र प्रसारण पूर्वाधारलाई बलियो बनाउने मार्ग तय गरिएको छ।
समाचार सारांशGenerated using AI.


पोखरामा सम्पन्न नेपालभारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् ।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो ।

बैठकमा विद्युत आदान–प्रदान क्षमता विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी विस्तृत छलफल भएको छ । विशेषगरी चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डिपिआर नोभेम्बर २०२५ भित्र तयार गर्ने र २०२७ डिसेम्बरसम्म कार्य सम्पन्न गर्ने सहमति गरिएको छ ।

त्यस्तै, नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने र यस प्रसारण लाइनमार्फत हुने विद्युत आयात–निर्यात क्षमताबारे उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र थप छलफल गर्ने निर्णय भएको छ ।

ढल्केवर–मुजफ्फरपुर तथा ढल्केवर–सितामढी लाइनमार्फतको विद्युत आदान–प्रदान क्षमताको पुनर्मूल्यांकनपछि नेपालले भारततर्फ १,५०० मेगावाट निर्यात र १,४०० मेगावाट विद्युत आयात गर्न सक्ने क्षमता कायम भएको निष्कर्ष निकालिएको छ ।

यसबाहेक निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डिपिआर तयारीका लागि नेपालले एक महिनाभित्र आवश्यक प्राविधिक विवरण उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले डिपिआर तयार गर्ने सहमति भएको छ । लमही–लखनउ ४०० के.भी. प्रसारण लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लमही वा कोहलपुर रहनेबारे संयुक्त अध्ययन गरी डिपिआर बनाइने पनि जनाइएको छ ।

ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. लाइनलाई उच्च तापक्रम सहनसक्ने प्रविधि प्रयोग गरी रिकन्डक्टरिङ अघि बढाइने र रक्सौल–परवानीपुर तथा रामनगर–गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धिका लागि कन्डक्टर प्रतिस्थापनसम्बन्धी संयुक्त अध्ययन सुरु गरिनेछ ।

बैठकले नेपाल र भारतबीच ऊर्जा व्यापार विस्तार, प्रसारण पूर्वाधार बलियो बनाउने र आगामी परियोजनाहरूलाई तीव्रता दिने मार्ग प्रशस्त गरेको बताइएको छ ।

यो समाचारमा

नेपालभारतपोखराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...