जेनजी विद्रोह वर्षौंदेखि चलेको कुशासनको परिणाम होः गणेश कार्की

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

13
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले जेनजी विद्रोहलाई वर्षौदेखि चल्दै आएको कुशासन र सत्तामा बस्ने सिन्डिकेट संस्कृतिको परिणाम भनेका छन्, जहाँ ‘नेपो बेबी’ र सामाजिक सञ्जाल बन्दले केवल झिल्कोको भूमिका खेले।
  • उनले सरकारले साना आन्दोलनलाई पनि नसुन्ने प्रवृत्ति देखाएको र भदौ २३ गतेको घटनापछि समेत गल्ती स्वीकार नगरी दोष अरूमा थोपरेको आरोप लगाए।
  • कार्कीले विचार मिल्ने दलहरूबीच व्यक्तिगत लाभहानी र पदको लोभ त्यागी सहकार्य गर्नुपर्ने सुझाव दिँदै दुई ठूला पार्टीको गठबन्धनले लोकतान्त्रिक बारुद तयार गरेको टिप्पणी गरे।
समाचार सारांशGenerated using AI.


राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । 

बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए । 

उनले भने, ‘यो सबै घटना कुशासनले भएको हो । यदि सुशासन हुने हो भने यो केही पनि हुने थिएन् । त्यसकारण यो घटनाको पछाडी को छ भनेर खोजि रहनु भन्दा पनि जसले राज्य चलाई रहेका थिए, जसले सत्तामा बस्नको लागि सिन्डकेट चलाई रहेका थिए त्यो कारणले आएको हो । बारुद आफैले बनाएर बोकेर हिन्ने हो भने झिल्को त कता कताबाट आइ नै हाल्छ । अहिले नेपो बेबी, सामाजिक सञ्जाल बन्दको कुरा झिल्कोको रुपमा देखिएको मात्र हो, यदि यो नभएको भए कुनै दिन अरु कुनै झिल्को देखिन्थ्यो ।’

यस्तै, उनले जेनजी विद्रोहभन्दा सानो विद्रोह सरकारले नसुन्ने अवस्था आएको भन्दै भदौ २३ गतेको घटनापछि पनि सरकार अरुलाई दोष लगाएर आफू पन्छिननै व्यस्त रहेको बताए । 

उनले भने, ‘जुन जेनजी विद्रोह भयो त्यो भन्दा सानो विद्रोह त सरकारले सुन्दा पनि सुन्दैँन् थियो होला, भदौ २३ गते त्यती धेरै मान्छे ढालेर पनि त्यही सरकार होईन बेल्का हामीबाट केही गल्ती नै भएको छैन् भन्दै अरु माथि गल्ती थोपर्ने । त्यही भएर को हो के हो भनेर जानु भन्दा पनि हामीले जुन सुशासनको संयन्त्रहरु कमजोर बनाउदैँ गयौं, जुन कुराले लोकतन्त्रलाई बलियो बनाउथ्यो त्यसलाई पाखा लगाउदैँ गयौं ।’

लाभहानीको बारे नसोचि सबै विचार मिल्ने पार्टीहरु एकै ठाँउमा जान मिल्ने भन्दै तर पार्टी एकता गर्दा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने कुरा मुख्य हुनुपर्ने पनि उनको भनाई छ  । 

उनले भने, ‘विचार मिल्नेहरु सबै एक ठाँउमा आउ, हामी सबैको विचार एउटै छ भने पदका कारण, केही व्यक्तिगत लाभहानी कसको फोटोमा कसको अनुहार देखिन्छ भन्ने कुराले हामी पछाडी नपरौं एकै ठाँउमा आउ भन्ने कुरा हो । कुन मुद्धामा विचार मिल्छ भन्ने कुरा पनि हो । त्यो भन्नाले संघीयता, गणतन्त्र र लोकतन्त्र मान्ने सबै पार्टीको सोच हो तर त्यो भन्दैमा फेरि एउटै देश एउटै भेष भनेको जस्तो पनि होईन् । सबै एउटा पार्टी बन्ने भन्ने हुदैँन् । पार्टी मिसिने कुरामा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने हो ।’

साथै, उनले लोकतन्त्र मान्ने कुनै पनि मुलुकले एकदमै विशम अवस्था बाहेक पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउछ भन्ने कल्पना गर्न पनि नसक्ने भन्दै दुई ठूला पार्टी मिलेर सरकार बनेपछि बारुदको उत्पादन त्यहाबाट नै भएको बताए । 

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...