राष्ट्रहित सर्वोपरि कन्क्लेभमा ‘जेनजी विद्रोहको जरो’ विषयमा छलफल : नेपोबेबी ट्रेण्डदेखि सडक आन्दोलनसम्म

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

17
Share
Featured
  • ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत आयोजित ‘जेनजी विद्रोहको जरो’ शीर्षकको छलफलमा युवा पुस्ताले असमानता, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाए।
  • जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ प्रवृत्तिले युवामा असमानताको भावना बढाएको र सरकारको प्रतिक्रियाले आन्दोलनलाई अझ बलियो बनाएको बताइन्।
  • अर्का प्रतिनिधि शिव यादवले जेनजी आन्दोलनको उद्देश्य तोडफोड वा हिंसा नभई सामाजिक न्याय र उत्तरदायी शासनको माग रहेको स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.


राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा पुस्ताका प्रतिनिधिहरूले आफ्नो आन्दोलनका कारण र उद्देश्यबारे धारणा सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ (नेताका सन्तानको विशेषाधिकार) ट्रेण्डबाट युवाहरूमा असमानताको अनुभूति तीव्र भएको बताइन् ।

उनले भनिन्, ‘हाम्रो पुस्ताले महसुस ग-यो—हाम्रो करको पैसा कहाँ गइरहेको छ ? ठूला नेताका सन्तानहरू विलासी जीवन बिताउँछन् । तर आम नागरिकका छोराछोरीहरू संघर्षमा छन् । यही असमानताविरुद्ध हामीले आवाज उठाएका हौं ।’

बमका अनुसार सोसल मिडियामार्फत प्रश्न सोध्दा सरकारको प्रतिक्रियाले आन्दोलनलाई अझ बलियो बनाएको बताइन् । 

उनले भनिन्, ‘सरकारले सोसल मिडिया बन्द ग-यो, त्यसपछि हामी टिकटोक र डिस्कोर्डमार्फत जोडियौं । हाम्रो मुख्य माग भ्रष्टाचार न्यूनीकरण र सामाजिक सञ्जाल पुनः खोल्नुपर्ने थियो ।’ उनले थपिन्,‘संसद् सबैको पहुँचमा छैन, त्यसैले सडक नै हाम्रो ठाउँ हो । हामी प्रश्न सोध्न गएका थियौं, तर राज्यको दमनले हामीलाई विद्रोही बनायो ।’

त्यसैगरी अर्का जेनजी प्रतिनिधि शिव यादवले पनि आफ्नो धारणा राख्दै भने,‘जेनजी आन्दोलनको उद्देश्य कुनै पनि हिसाबले तोडफोड गर्ने थिएन । हाम्रो आन्दोलनले अशान्ति फैलाउने, राज्यको सम्पत्तिमा क्षति पु-याउने वा प्रहरीसँग झडप गर्ने मनसाय कहिल्यै राखेको थिएन ।’

प्यानल छलफलमा सहभागी वक्ताहरूले जेनजी पुस्ताको असन्तुष्टि, राज्यप्रति प्रश्न उठाउने संस्कार र सामाजिक न्यायका विषयमा छलफल गरेको थयो ।

यो समाचारमा

काठमाडौँटिकटोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...