एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

8
Share
Featured
  • एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि ४०,७६,१५६ कित्ता शेयरको आईपीओ निष्कासन तथा बिक्री आवेदन आजदेखि खोलिएको छ।
  • सामूहिक लगानी कोषका लागि २,४८,५४६ कित्ता र कर्मचारीका लागि १,४९,१२७ कित्ता शेयर छुट्टाइएको छ; लगानीकर्ताले न्यूनतम १० र अधिकतम ५०,००० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
  • आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्था र मेरो शेयरमार्फत गर्न सकिनेछ; आईपीओ असोज २९ देखि कात्तिक ९ सम्म खुला रहनेछ, र प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।

कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ । यसअघि कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये २ प्रतिशत (२ लाख ६१ हजार ६२७ कित्ता) उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएकोमध्येबाट १० प्रतिशत (४ लाख ९७ हजार ९२ कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको थियो ।

यो समाचारमा

काठमाडौँनेपाल धितोपत्र बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...