गरिबी निवारण, सामाजिक समावेशीकरण, दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ : राष्ट्रपति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

18
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले कतारको दोहामा भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा गरिबी निवारण, सामाजिक समावेशीकरण, पूर्ण र उत्पादनशील रोजगारी लोकतन्त्रका आधारस्तम्भ भएको बताए।
  • उनले सामाजिक विकासका क्षेत्रमा अझै धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा, उच्च बेरोजगारी र मर्यादित कामको खोजीमा रहेको जानकारी दिए।
  • नेपालले उद्यमशीलता विकास, स्वदेशमै रोजगारी सिर्जना, सीप विकास र डिजिटल अर्थतन्त्र प्रवद्र्धनमा जोड दिएको तथा अनौपचारिक कामदारसम्म सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरेको बताए।
  • राष्ट्रपति पौडेलले एजेन्डा २०३० को कार्यान्वयनलाई तीव्र बनाउन, जोखिममा रहेका मुलुकलाई सहयोग गर्न र विश्वव्यापी सहकार्य सुदृढ गर्न नेपाल तयार रहेको पनि बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । 

कतारको दोहामा मंगलबारबाट सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्र्तगत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । 

‘गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण अमूर्त आदर्श मात्रै होइनन्, शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ पनि हुन्,’ उनले भने । 

गत तीन दशकमा उल्लेखनीय प्रगति हासिल भए तापनि सामाजिक विकासका क्षेत्रमा धेरै समस्या र चुनौतीहरू विद्यमान रहेको उनको भनाई थियो ।

राष्ट्रपति पौडेलले ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको, धेरै देशमा बेरोजगारी दर अझै उच्च रहेको, लाखौं मानिस मर्यादित कामको खोजीमा आफ्नो देश छोडिरहेका तथा पूर्ण, समान एवम् अर्थपूर्ण समावेशीकरण र सहभागिता अझै प्राप्त हुन बाँकी रहेको बताए । 

उनले गरिबी निवारणलाई नेपालले उच्च प्राथमिकता दिएको समेत बताए । फलस्वरुप, उद्यमशीलता विकाससहित स्वदेशमै रोजगारीका अवसरहरू सिर्जनाका गर्न प्रयास भईरहेको तथा सीप विकासमा लगानी गरी डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गरिरहेको उनले उल्लेख गरे । 

‘सामाजिक न्याय र समावेशीकरण हाम्रो संविधानको प्रमुख विशेषता हो, अनौपचारिक र स्वरोजगार कामदारहरूलाई समेत समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिरहेका छौं’, राष्ट्रपति पौडेलले भने । 

उनले नीतिका प्रष्ट परिणामहरू देखिइसकेको बताउँदै सार्वजनिक सेवा, शिक्षालगायत सबै क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको बताए ।  

‘यति हुँदाहुँदै पनि जीवनस्तर उल्लेखनीय रूपमा उकास्न, स्वदेशमै आकर्षक रोजगारी सिर्जना गर्न र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न थप कार्य गर्न आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने । 

साथै, उनले एजेन्डा २०३० को तीव्रतर कार्यान्वयन गर्न र अति कम विकसित तथा जोखिममा रहेका मुलुकहरूलाई आवश्यक सहयोग गर्न विश्वव्यापी ऐक्यबद्धता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने पनि बताए । त्यसका लागि नेपाल विश्व समुदायसँग हातेमालो गर्न तयार रहेको राष्ट्रपति पौडेलले बताए । 

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा दोहामा यही कात्तिक १८ देखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका हुन् ।  राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूतावासका उच्चपदस्थ पदाधिकारीले स्वागत गरेका थिए।  

राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।


यो समाचारमा

रामचन्द्र पौडेलदोहाकतारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...