एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

11
Share
Featured
  • नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा काठमाडौं प्रहरीले पक्राउ गरेका छन्।
  • जिल्ला अदालतले उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो, जुन उच्च अदालत पाटनले पनि सदर गरेको हो।
  • अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो, र यसअघि पनि पार्टी सचिवालय बैठकमा उनको मुद्दा बारे प्रश्न उठाइएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए।

एसएसपी थापाका अनुसार, जिल्ला अदालत काठमाडौंले बहुविवाह कसुरमा शेर्पालाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलालाई उच्च अदालत पाटनले २०८१ असोज ६ गते सदर गरेको थियो। फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो।

यसअघि शेर्पालाई कारबाही नगरिएको भन्दै एमालेको सचिवालय बैठकमा समेत कुरा उठेको थियो।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...