माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

15
Share
Featured
  • नेकपा (माओवादी केन्द्र) ले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय गरेको छ।
  • नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ र चुनाव चिह्न पाँच कुने तारा हुनेछ।
  • पार्टीको मार्गनिर्देशन माक्सवाद–लेनिनवाद अनुसार हुनेछ र समाजवादी क्रान्ति तथा आर्थिक–सामाजिक रूपान्तरणलाई लक्ष्य बनाइनेछ।
  • आन्दोलन शान्तिपूर्ण हुनेछ, आवश्यक परे संसद, सडक र सरकारसँग सम्बन्धित मोर्चामा सहभागी हुने व्यवस्था तय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

उनले भने, ‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।’

सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए । 

‘लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता हो,’ उनले भने ।  

उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए । ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ । केन्द्रीय समितिमा संयोजक र सह–संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ ।’

उनका अनुसार पार्टीको मार्ग निर्देशित सिद्धान्त माक्सवाद, लेलिनवाद हुनेछ । उनले नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताउँदै भने, ‘पार्टीको तत्कालिन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलव्धिहरुको रक्षाका राष्ट्रिय स्वाधिनताको संरक्षण सुशाषन, सामाजिक न्याय, आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।’ 

नयाँ पार्टीको आन्दोलनको स्वरुप आन्दोलन मुलत शान्तिपूर्ण हुने भन्दै सापकोटाले परिस्थिती अनुसार ससद, सडक र सरकारलगायत आवश्यकता अनुसारका सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए । 

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अग्नि सापकोटाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...