राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, को कहाँ ?

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

11
Share
Featured
  • गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरी ११ कार्यकारी निर्देशकको सरुवा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा गरिएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् ।

सरुवा गरिएसंगै जिम्मेवारी पनि तोकिएको छ। यसअनुसार विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागबाट रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागमा लगिएको छ।

यसैगरी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालय, बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ।

यसबाहेक बैंक तथा वित्तीय संस्था नियमन विभागबाट गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभागबाट किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका डा. सत्येन्द्र तिमिल्सिना भने भुक्तानी प्रणाली विभाग र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट रोशन कुमार सिग्देललाई बैंकिङ विभागको जिम्मा दिइएको छ।

यो समाचारमा

नेपाल राष्ट्र बैंकडा. विश्वनाथ पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...