बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

8
Share
Featured
  • मधुवन नगरपालिकाको ताराताल सानाकिसान कृषी सहकारीले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै किसानलाई राहत दिएको छ।
  • सहकारीले हालसम्म ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ र पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखेको छ।
  • व्यापारीहरूले धानको समर्थन मूल्य भन्दा कममा खरिद गरेकाले किसानहरूले सहकारीमा धान बिक्री गर्न प्राथमिकता दिएका छन्।
  • खरिद रकम किसानको बैंक खातामा सिधै पठाइने व्यवस्था गरिएको छ र बजेट भए धान खपतका लागि चामल मिल स्थापना गर्ने लक्ष्य छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले किसानसमर्थन मुल्य भन्दा कम मुल्यमा धान खरिद गरेपछि मधुवन नगरपालिका ७ मा रहेको ताराताल सानाकिसान कृषी सहकारी संस्थाले समर्थन मूल्य मै धान खरिद गरेको हो ।

गत कार्तिक १ गते देखि धान खरिद सुरु गरेको ताराताल सानकिसानले ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ । धान खरिद गरेपछि किसानहरूले राहतको महसुस गरेका छन् ।

आफ्ना शेयर सदस्यहरूले उत्पादन गरेको धान व्यापारीहरूले सस्तोमा खरिद गरेपछि सानाकिसान सहकारीले समर्थन मुल्यमा धान खरिद सुरु गरेको हो । हाल सानकिसानमा धान बिक्रि गर्ने किसानको भिड लागेको छ । तिहार अगाडि देखि नै धान खरिद सुरु भएको हो ।

सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ । तर व्यापारीहरूले २५ सय देखि २८ सय सम्ममा धान खरिद गरेका छन् । व्यापारीहरूले धानको मुल्य नदिएको कारण ताराताल सानाकिसानमा धान बिक्रि गर्न ल्याएको मधुवन नगरपालिका वडा नं ९ का किसान टंकप्रसाद पौडेलले बताए । उनले सहकारीले धान खरिद गरेको हुनाले किसानहरूलाई राहत भएको बताए ।

व्यापारीहरूले धान मुल्य नदिएको हुनाले नै ताराताल सानाकिसानमा धान बिक्रि गर्न ल्याएको मधुवन नगरपालिका वडा नं ७ गंगावस्तीकी मनमती चौधरीले बताइन् । उनले भनिन,“बाहिर व्यापारीले राम्रो मुल्य दिनुहुन्न, कत्ति व्यापारीले त खरिद नै गर्दैनौँ भन्नु भयो त्यसैले सहकारीमा ल्याएँ ।

सहकारीले पाँच हजार क्विन्टल जति धान खरिद गर्ने लक्ष्य राखेको ताराताल सानकिसान कृषी सहकारी संस्थाका मुख्य प्रबन्धक डम्बर केसीले बताए । किसानहरू धानको मुल्य नपाएर किसानको श्रम समेत नउठेको पाएपछि धान खरिद गरेको बताउँदै किसानहरूको मात्र धान खरिद गरिने बताए । हाल किसानको धान खरिद  र भण्डारणका लागि मधुवन नगरपालिकाले पाँच लाख रुपियाँ सहयोग गरेको उनले जनाए ।

कृषकहरूलाई सहयोग होस भनेर धान खरिद गरेको ताराताल सानाकिसानका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले बताए । उनले भने,“पछि बिक्रि गर्दा मुल्य के हुने हो थाहा भएन तर घाटा भएपनि कृषकहरूलाई सहज होस भनेर धान खरिद गरेका छौँ । सरकारले सानाकिसानलाई धान खरिद भण्डारणका लागि दिएको अनुदान रकम प्रतिक्विन्टल एक सय १२ रुपियाँ अत्यन्त न्यून भएको बताए । सरकारले सहकारीले खरिद गरेको धानको बजार व्यवस्थापन गर्न सहजीकरण गरेमा हरेक बर्ष किसानले ल्याएजति धान खरिद गर्ने उनले बताए ।

धान खरिद बापतको रकम किसानको बैंक खातामा सिधै पठाउने व्यवस्था गरेको लेखा समिति संयोजक देविबहादुर बस्नेतले बताए । उनले तीन दिन भित्र किसानको बैंक खातामा रकम पठाईएको बताए ।

ताराताल सानाकिसानले गत बर्ष कृषकहरूको एक हजार क्विन्टल धान खरिद गरेको थियो । सो धान अझै स्टक रहेको छ । बजेट भएमा धान खपतका लागि चामल मिल स्थापना गर्ने लक्ष्य राखेको छ ।

यो समाचारमा

मधुवन नगरपालिकाबर्दियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...