आजदेखि मौसम बदली,देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

16
Share
Featured
  • पश्चिमी वायुको प्रभावका कारण आजदेखि देशभर मौसम बदली हुने र केही ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा/हिमपात हुन सक्नेछ, साथै लुम्बिनी र सुदूरपश्चिमका तराइ क्षेत्रमा पनि हल्का वर्षा सम्भावित छ।
  • यसअघिको जस्तो ठूलो वर्षा नहुने भए पनि कृषि, पर्यटन र स्वास्थ्यमा असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी जानकारी अपडेट लिन मौसमविद्हरूले आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आजदेखि मौसम पुनः बदलीको सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसहित केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज र भोलि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा बाँकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराइ भागको एक/दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । तर पनि कृषि, पर्यटन, पर्वतारोहणलगायत स्वास्थ्यमा केही असर पर्न सक्ने भएकोले मौसमी जानकारी लिन उहाँको आग्रह छ । पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकामा पनि देखिने सम्भावना रहेको छ ।

यो समाचारमा

काठमाडौँजल तथा मौसम विज्ञान विभागलुम्बिनी प्रदेशगण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...