भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको छः शंकर पोखरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

11
Share
Featured
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ का घटनाले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको र संविधानलाई घाइते बनाएको भन्दै मुलुकलाई पुनः संविधानको मार्गमा फर्काउनुपर्ने बताएका छन्।
  • उनले जनताबाट निर्वाचित प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको उल्लेख गर्दै यस्तो कार्यले जनसत्तामा आधारित संविधानमाथि आघात पुगेको बताएका छन्।
  • पोखरेलका अनुसार वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तीर्ण भएपछि मात्र अन्य कार्यभार पूरा गर्न सक्छ, र उक्त परिषद्मा सरकार खरो सावित हुन नसक्ने एमालेको धारणा रहेको छ।
  • उनले जेनजी आन्दोलनमा भएको तोडफोड युवाहरूको वास्तविक आन्दोलनको उद्देश्य नभएको भन्दै, सुनियोजित रूपमा उक्साउने र परिचालन गर्नेहरूलाई पहिचान गरी कानूनी कारबाही गर्नुपर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता रहेको बताए । 

उनले भने, ‘भदौ २३ र २४ को घटनापछि मुलुक अग्रगमनमा होईन्, पश्चगमन र प्रतिगमनतर्फ अगाडि बढेको छ । जनताले लामो संघर्षबाट प्राप्त गरेको सार्वभौम सत्तामा आधारित संविधान घाइते भएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधि अंग प्रतिनिधि सभा विघटन भएको छ । यो दुवै काम हाम्रो पार्टी अनुसार भन्ने हो भने असंवैधानिक छ । यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता छ ।’

यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए । 

उनले भने, ‘जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइदैँन् भन्ने सर्वोच्च अदालतले जनताले चिन्दै नचिनेको प्रतिनिधि सभाले नचिनेको, संविधानले नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भन्ने हामी ठान्दैनौ, त्यस अर्थमा यो सरकार सबैभन्दा पहिला संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्छ । संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव छैन् भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ ।’

साथै, जेनजी आन्दोलनमा भएको तोडफोडहरु युवाहरुहरुको आन्दोलनको उद्देश्य नभएको भन्दै सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने कामहरुको पहिचान गरेर कारबाही गर्नुपर्ने उनको भनाई छ । 

उनले भने, ‘जेनजी आन्दोलनमा जुन तोडफोडहरु भयो त्यो युवाहरुले गर्न सक्छन् कि सक्दैँनन् त्यो उनीहरुको आन्दोलनको विषय थियो कि थिएन भनेर हेर्ने हो भने यस्तो प्रकारको घटना उनीहरुको आन्दोलनको विषय थिएन र उनीहरुले यस्तो काम गर्न सक्दैँनन्न भन्ने हाम्रो मान्यता हो । यस अर्थमा जसले त्यो काम गरेको हो, तिनीहरु अपराधी हुन् भन्ने कुरा बुझ्नु पर्छ । जसले सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने काम गरे तिनीहरुको पहिचान गरेर कारबाही गर्नुपर्छ भन्ने पनि हाम्रो पार्टीको मान्यता हो ।’

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालतशंकर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...