प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

13
Share
Featured
  • उदयपुरमा तीन जना लागूऔषध र गाँजासहित पक्राउ परे र सप्तकोशीबाट १३४ किलो गाँजा बरामद भयो।
  • झापामा झलकनाथ अर्याल ११९ ट्याब्लेट औषधीसहित पक्राउ परे।
  • सुनसरीमा ईन्द्र बहादुर परियार ट्रामाडोल र अन्य औषधीसहित पक्राउ परे।
  • मोरङमा रोमन राई र पुर्ण तामाङ १२ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरीझापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । 

उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका–९ का बल बहादुर बिक लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका–८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो । 

यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका–८ का ईन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागू औषध ४५ ट्याब्लेट सहित पक्राउ गरेको हो । 

यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दर हरैचा नगरपालिका–४ का रोमन राई र केरावारी–१० का पुर्ण तामाङलाई  १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर–१६ स्थितबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो समाचारमा

सुन्दर हरैचा नगरपालिकाकाठमाडौँमोरङकोशी प्रदेश
शिवसताक्षी नगरपालिका11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...