राष्ट्रपति पौडेल दोहामा दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

14
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेल आज कतारको दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन १२ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रस्थान गर्दैछन्।
  • सम्मेलन कात्तिक १८–२० गतेसम्म चल्नेछ र राष्ट्रपति पौडेलले कात्तिक १८ गते मुख्य सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ।
  • भ्रमणका क्रममा उनले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायत राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् र कात्तिक २० गते स्वदेश फर्किने छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलआज कतारको राजधानी दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन प्रस्थान गर्दैछन्। कात्तिक १८ देखि २० गतेसम्म चल्ने यस महत्त्वपूर्ण सम्मेलनमा राष्ट्रपति पौडेलले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको विशेष निमन्त्रणामा राष्ट्रपति पौडेल यस शिखर सम्मेलनमा सहभागी हुन लाग्नुभएको हो। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

लगभग ३० वर्षको अन्तरालपछि पुनः आयोजना हुन लागेको यो सम्मेलनले विश्वव्यापी सामाजिक विकासका एजेन्डाहरूमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ। कतार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यो समाचारमा

रामचन्द्र पौडेलकतारकाठमाडौँपरराष्ट्र मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...