'श्रम संस्कृति पार्टी' ले इतिहास रच्ने दाबी: समर्थकहरू भन्छन्- 'देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोड्छौं'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

16
Share
Featured
  • निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएपछि हर्क साम्पाङ समर्थकहरूले ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपालीको माग पूरा गर्दै इतिहास रच्ने दाबी गरेका छन्।
  • समर्थक लिजा राईले पार्टीको मुख्य एजेन्डा देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोड्नु भएको बताइन्, भने रेनु साम्पाङले “पृथ्वी बचाउने” अभियानलाई केन्द्रमा राखिएको उल्लेख गरिन्।
  • इन्द्र कुमार चाम्लिङले बोलेर होइन, श्रम गरेर मात्र देश विकास हुन्छ भन्दै हर्क साम्पाङको श्रम–केन्द्रित भिजनलाई देशका सबै वर्गलाई समेट्ने प्रयासको रूपमा व्याख्या गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हर्कराज साम्पाङ राईका समर्थकहरुले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन् ।

आइतबार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछि समर्थकहरुले श्रम संस्कृति पार्टीले इतिहास रच्ने दाबी गरेका हुन् ।

समर्थक लिजा राईले पार्टीको मुख्य एजेण्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोडनु रहेको औंल्याइन् । उनले पार्र्टीले इतिहास रच्ने  छ भन्ने कुरामा विश्वास व्यक्त गरिन । पूराना पार्टीहरुले आफ्नो कर्तब्य पूरा गर्न नसक्दा मुलुकमा अस्थिरता आएको उनको भनाइ थियो । 

‘हाम्रो पार्टी ऐतिहासिक पक्षसँग जोडिएको छ । आगामी दिनमा पार्र्टीले इतिहास रच्ने  छ भन्ने कुरामा विश्वस्त छौं । पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग घुलमिल गराउनु हो,’ उनले भनिन् । 
अर्की  समर्थक रेनु साम्पाङले आगामी निर्वाचनमा पार्टीले भाग लिने उल्लेख गर्दै मुख्य एजेन्डा भनेको पृथ्वी बचाउनु रहेको उल्लेख गरिन् । ‘माटो र ढुंङगा विना पृथ्बी नै रहन्न त्यसैले पार्टीको नाम श्रम संस्कृती राखेका हौं । अनि चुनाव चिन्ह माटो रोजेका हौं,’ उनले अगाडि भनिन्,‘ आगामी चुनावमा हाम्रो पार्टी सहभागी हुन्छ । हर्क साम्पाङले गरेको कामलाई निरन्तरता दिंदै देश बनाउने छौं ।’

अर्का समर्थक इन्द्र कुमार चाम्लिङले नेपालमा हर्क साम्पाङ जस्तै श्रम गर्ने नेता आवश्यक रहेको दावी गरे । उनले बोलेर वा भाषण गरेर मात्र देशको बिकास नहुने समेत बताए ।

उनले भने,‘श्रम गरेर मात्र देशको बिकास हुन्छ, बोलेर वा भाषण गरेर बिकास हुँदैन भन्ने कुरा प्रमाणित गरेका छौं । देशमा श्रम गर्ने नेता चाहिएको छ । हर्क साम्पाङको भिजनमा कुनै जाति, वर्ग, समूदाय नभनि पार्टी निर्माण गरेका हौं ।’

यो समाचारमा

हर्कराज साम्पाङ राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...