प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल सुरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

15
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघ–प्रदेश सरकारबीच संवाद र सहकार्य बढाउने उद्देश्यले बैठक आह्वान गरेकी छन्।
  • बैठकमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू उपस्थित छन्।
  • बैठकमा संघ र प्रदेशबीचका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ। परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउने उद्देश्यले प्रधानमन्त्री कार्कीले यो बैठक आह्वान गरेकी हुन्।

बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू बालुवाटार पुगेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, वाग्मतीका इन्द्र बहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाहको उपस्थिति रहेको छ।

केहीबेर ढिलागरी सुरु भएको यस बैठकमा संघ र प्रदेशबीचका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो समाचारमा

इन्द्र बहादुर बानियाँकोशी प्रदेशकाठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...