बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटना, ३० जना घाइते

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

29
Share
Featured
  • बाजुरामा शनिबार दुई सवारी दुर्घटना भएका छन्; कोल्टी–धनगढी जाँदै गरेको बस दुर्घटनामा २५ जना घाइते भएका छन् भने मार्तडी–कोल्टी जाँदै गरेको जीप दुर्घटनामा ५ जना घाइते भएका छन्।
  • दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ र उनीहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।
  • बस र जीप दुबै अनियन्त्रित भएर सडकमा पल्टिएका थिए, जसले सवारी सुरक्षाको आवश्यकतालाई उजागर गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाजुरामा शनिबार दोहोरो सवारी दुर्घटना भएका छन्। कोल्टीबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन्। दुर्घटनामा घाइतेलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसमा चालकसहित २६ जना सवार थिए र सबैको अवस्था सामान्य रहेको बताइएको छ।

बस दुर्घटना बुढीनन्दा नगरपालिका–७, सास्था क्षेत्रमा घटेको हो। दुर्घटनामा परेको बस सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको रहेको थियो र सदरमुकामतर्फ आउँदै गर्दा अनियन्त्रित भएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही दिन मार्तडीबाट बुढीनन्दा नगरपालिका, कोल्टी जाँदै गरेको जीप दुर्घटनामा परेको छ। दुर्घटनामा चालक तुलाराम चदारासहित पाँच जना घाइते भएका छन्। घाइतेमा बडिमालिका नगरपालिका–७ का जयराज जोशी, शंकर जोशी, बुढीनन्दा–१ का सेते ल्वार ३ का जयलाल विक र जंगविर सार्की रहेका छन्।

जिप दुर्घटना बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैन नजिकै भएको हो। जीप अनियन्त्रित भएर सडकमा पल्टिँदा यात्रुहरूमा हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते सबैको अवस्था सामान्य रहेको नेपाल प्रहरीले बताएका छन्।

यी दुर्घटनाले बाजुरामा सवारी सुरक्षाको महत्वलाई पुनः उजागर गरेको छ। दुबै दुर्घटनामा मानव क्षति सीमित भए पनि दुर्घटनाको कारण र अनियन्त्रित सवारी नियन्त्रित गर्ने उपाय आवश्यक रहेको देखिएको छ।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँबुढीनन्दा नगरपालिकाबडिमालिका नगरपालिका
बाजुरा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...