नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला : मिलन सी बने महासचिव

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

17
Share
Featured
  • नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गर्दै नयाँ नेतृत्व चयन गरेको छ र समाजवादी मोर्चामा रहेका क्रान्तिकारी दलहरूसँग एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
  • पार्टीले संसदवादलाई हानिकारक ठहर गर्दै राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार, बेरोजगारी, मूल्यवृद्धि र राजनीतिक अपराधीकरण विरुद्ध संघर्ष गर्ने नीति अपनाएको छ।
  • हालैको जेनजी आन्दोलनलाई नयाँ पुस्ताको स्वतःस्फूर्त विद्रोहको रूपमा मूल्याङ्कन गर्दै, चुनावलाई संघर्षको मोर्चा मान्ने र क्रान्तिकारी एकता तथा वैज्ञानिक समाजवादतर्फको यात्रालाई प्रमुख लक्ष्य बनाउने घोषणा गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ, जसले ‘नयाँ कम्युनिस्ट केन्द्रका लागि एकता र ध्रुवीकरणको आवश्यकता’ शीर्षकमा राजनीतिक प्रस्ताव पारित गर्दै समसामयिक राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। भेलाले मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट अलग भएर कम्युनिस्ट आन्दोलनमा सक्रिय दलको पुनर्गठन गरिएको र देशमा तत्काल एकता र ध्रुवीकरण आवश्यक रहेको उल्लेख गरेको छ। करिब ९० प्रतिशत स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले एकताको पक्षमा सुझाव दिए पनि पूर्व महासचिव विप्लव ‘सी’ले पछि हटेपछि नयाँ नेतृत्व आवश्यक भएको निष्कर्ष निकालिएको हो।

भेलाले ७५ सदस्यीय केन्द्रीय समिति गठन गर्दै मिलन सी(चिरन पुन)लाई महासचिव र जितेन्दी सीलाई प्रवक्तामा चयन गरेको छ। साथै, समाजवादी मोर्चामा रहेका कम्युनिस्ट र क्रान्तिकारी दलहरूबीच एकता प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको छ। शहीदहरूको सम्मानमा राज्यले ‘शहीदको दर्जा’ दिनुपर्ने नीति अपनाउने निर्णय, तीन बुँदे सहमति कार्यान्वयन गर्ने र ‘एकीकृत जनक्रान्तिको कार्यदिशा समाजवादी क्रान्तिको कार्यदिशा हुनेछ’ भन्ने नीति निर्धारण गरिएको छ।

पार्टीले संसदवादलाई ‘कम्युनिस्ट आन्दोलनका लागि हानिकारक’ ठहर गर्दै संसदीय व्यवस्थामा डुब्नु संसदवाद हुने स्पष्ट गरेको छ। राष्ट्रिय स्वाधीनताको एजेन्डामा सुगौली सन्धी (१८१६) र भारतसँगको असमान सन्धी (१९५०) खारेज गर्नुपर्ने माग राखेको छ। भ्रष्टाचार, बेरोजगारी, मूल्यवृद्धि, युवापलायन, र राजनीतिक अपराधीकरणजस्ता विषयलाई जनजीविकाका समस्याको रूपमा चिनेर ती विरुद्ध संघर्ष सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

भेलाले हालैको जेन–जी आन्दोलन “नेपो किड”लाई ‘नयाँ पुस्ताको स्वतःस्फूर्त विद्रोह’को रूपमा विश्लेषण गर्दै त्यसले राज्य, राजनीति र पुस्ताबीचको अन्तरविरोध उजागर गरेको निष्कर्ष निकालेको छ। वैदेशिक शक्तिको हस्तक्षेप रहेको भन्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा निर्वाचन सम्पन्न गराउन दबाब सृजना गर्ने निर्णय, चुनावलाई ‘संघर्षको मोर्चा’ का रूपमा व्याख्या गर्ने नीति, र क्रान्तिकारी एकता, वर्गसंघर्ष, तथा वैज्ञानिक समाजवादतर्फको यात्रालाई प्रमुख लक्ष्यका रूपमा अघि बढाउने उद्देश्य पनि भेलाले स्पष्ट गरेको छ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भारतजेन–जी आन्दोलन “नेपो किड”सुशीला कार्की
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...