
काठमाडौँनेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ, जसले ‘नयाँ कम्युनिस्ट केन्द्रका लागि एकता र ध्रुवीकरणको आवश्यकता’ शीर्षकमा राजनीतिक प्रस्ताव पारित गर्दै समसामयिक राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। भेलाले मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट अलग भएर कम्युनिस्ट आन्दोलनमा सक्रिय दलको पुनर्गठन गरिएको र...