बेमौसमी वर्षाले काटेको धान डुब्यो, कोदो बालीमा पनि क्षति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

14
Share
Featured
  • काठमाडौं उपत्यकाको आगामी ५० वर्षका लागि शहरीकरण गुरुयोजना तयार गर्ने तयारी सुरु गरिएको छ।
  • योजना अन्तर्गत संरचित विकास, पूर्वाधार विस्तार र आवास व्यवस्थापनमा दीर्घकालीन रणनीति बनाइनेछ।
  • भौतिक पूर्वाधारमन्त्री घिसिङले काठमाडौंको असन्तुलित शहरी विस्तार रोक्ने उद्देश्यले यो योजना अघि बढाइएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रामेछापका किसानहरू हाल बेमौसमी वर्षाको कारण ठूलो संकटमा परेका छन्। धान भित्र्याउने समयमै लगातार तीन दिनसम्म परेको वर्षाले खेतमा काटिएको धान भिजेर कुहिन थालेको छ भने नकाटिएको धान पनि ढलेर नोक्सानी भएको छ। किसानहरूका अनुसार राम्रो उत्पादन हुने आशा रहे पनि पानीले सबै बिगारेको छ। खेतमा सुकाइरहेको धान पानीमा डुबेकाले उठाउन नपाउँदै गुणस्तर घट्ने अवस्था आएको छ।

माढी फाँट लगायतका प्रमुख धानखेती क्षेत्रहरूमा क्षति अत्यधिक देखिएको छ। किसान पाण्डव प्रसाईंका अनुसार काटिसकेका धान पानीले बिगारेका छन् र केही ठाउँमा त भिजेको धान अंकुरिन पनि थालेको छ। मन्थली, कुनौरी, खिम्ति, देवीटार, सिरिसे, ढाँडे, भटौली, गागल लगायतका फाँटहरूमा पनि उस्तै समस्या देखिएको छ। किसानहरूले भन्छन्, “धान फलेको थियो, तर पानीले उठाउन नपाउँदै नष्ट गर्‍यो।”


कृषि विभाग कार्यालयका तथ्यांकअनुसार रामेछापमा यस वर्ष करिब ७ हजार २ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो। गत वर्षको तुलनामा उत्पादन राम्रो हुने अनुमान गरिए पनि बेमौसमी वर्षाले अपेक्षित नतिजा ल्याउन सकेको छैन। गत वर्ष औसत २.५४ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएको भए पनि यस वर्ष गुणस्तर र परिमाण दुवै घट्ने सम्भावना रहेको कार्यालयले जनाएको छ।

धान मात्र होइन, कोदो बाली पनि वर्षाले प्रभावित भएको छ। उमाकुण्डा गाउँपालिकाका किसान मणिराज सुनुवारका अनुसार, टिप्ने बेला परेको पानीले कोदोका दाना उम्लिन थालेका छन् र झर्ने अवस्था आएको छ। बाली सुकाउने र उठाउने बेलामा आएको वर्षाले किसानलाई दोहोरो मार पारेको छ, एकातिर बाली नष्ट हुने भय र अर्कोतिर पुनः खेती तयारीमा श्रम र खर्च दुवै बढ्ने चिन्ता ।

यो समाचारमा

काठमाडौँकृषि विभागउमाकुण्डा गाउँपालिकारामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...