पारदर्शिता, न्याय र जनउत्तरदायित्वका लागि आन्दोलनको तयारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

25
Share
Featured
  • ‘पहिला देश’ संगठनले पारदर्शिता, न्याय र जनउत्तरदायित्वका मागसहित आइतबार माइतीघर मण्डलामा दवावमूलक प्रदर्शन गर्ने घोषणा गरेको छ, जसमा नागरिक, विद्यार्थी र श्रमिकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
  • संगठनले सरकारी कार्यालयहरूमा ‘पारदर्शिता डेस्क’ स्थापना, सहिद परिवारलाई राहत, घाइते आन्दोलनकारीलाई रोजगारी, मिटर ब्याज र लघुवित्त अत्याचार अन्त्य, तथा आर्थिक अन्याय रोक्नुपर्ने माग राखेको छ।
  • संविधान परिमार्जन सभा गठन, विवादास्पद मुद्दामा सत्य छानबिन, र आन्दोलनका क्रममा दमन गर्ने जिम्मेवार नेताहरूलाई कारबाही गर्नुपर्ने मागसहित संगठनले पारदर्शी र जनमुखी शासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


‘पहिला देश’ नामक संगठनले देशमा पारदर्शिता, न्याय र जनउत्तरदायित्वको सुनिश्चितताका लागि आइतबार माइतीघर मण्डलामा दवावमूलक कार्यक्रम गर्ने घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा संगठनका संयोजक एस.पी. शाहले देशभरका नागरिक, विद्यार्थी, श्रमिक तथा परिवर्तनका पक्षधरहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरे। संगठनले यो आन्दोलनलाई जनसरोकारका विषयमा केन्द्रित गर्दै शासन प्रणालीमा सुधार ल्याउने दीर्घकालीन अभियानको रूपमा अघि बढाइरहेको बताएको छ।

संगठनले हालको राजनीतिक, आर्थिक र प्रशासनिक विकृति तथा विसंगतिलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएको छ। यसको मुख्य उद्देश्य पारदर्शी शासन र जनमुखी राज्य संरचना निर्माण गर्न जनदबाब सृजना गर्नु रहेको बताइएको छ। विज्ञप्तिमा जनताको हकहित विपरीत चलिरहेको प्रणाली र गैरजवाफदेहीताले देशलाई संकटमा पारेको उल्लेख गर्दै यसविरुद्ध शान्तिपूर्ण तर प्रभावकारी आन्दोलन अघि बढाइने भनिएको छ।

संगठनका प्रमुख मागहरूमा देशभरका सबै सरकारी कार्यालयमा ‘पारदर्शिता डेस्क’ स्थापना गरी सेवाप्रवाहमा खुलापन र नागरिक निगरानी सुनिश्चित गर्नुपर्ने, सहिद परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने, र आन्दोलनका क्रममा घाइते भएकालाई रोजगारीको अवसर प्रदान गर्नुपर्ने माग समावेश छन्। साथै, मिटर ब्याज, लघुवित्तको अत्याचार, राहत कोषको दुरुपयोग, र घर–जग्गा लिलामीजस्ता आर्थिक अन्याय तुरुन्त रोक्न सरकारलाई आग्रह गरिएको छ।

त्यसैगरी, संगठनले संविधान परिमार्जन सभा तत्काल गठन गरी विगतका आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको छ। साथै, गौरीबहादुर कार्की र अन्य विवादास्पद मुद्दाहरूमा सत्य छानबिन गर्न, र आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायत जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान तथा कारबाही गर्नुपर्ने माग गरिएको छ। संयोजक शाहका अनुसार आइतबारको कार्यक्रममा जनदबाब सृजना गर्दै पारदर्शी, न्यायपूर्ण र जनमुखी शासन प्रणालीका लागि निरन्तर संघर्ष गरिनेछ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...