काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक ढिलोगरी
सुरु भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज १५ जनाले धारणा
राखेका छन् ।
आजको बैठकमा बोल्नेहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली
पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार
के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति
परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित
प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) रहेका छन्
।
प्रवक्ता प्रकाशशरण महतका अनुसार, आजको बैठकमा धारणा राख्नेहरूले नियमित
महाधिवेशनमै जानुपर्ने र निर्वाचन अघि महाधिवेशन सम्भव नहुने धारणा राखेका छन् ।
भोलि दिउँसो १ बजेबाट पुन: बैठक बस्ने पनि उनले जानकारी गराए ।
यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति आरजु राणा देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापतिपूर्ण बहादुर खड्कालाई कार्यवाहक
सभापतिको जिम्मेवारी दिएका छन् ।
त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।
यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम
पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित
गरी अर्को बैठक आजका लागि तोकेको थियो ।