शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

15
Share
Featured
  • ‘मोन्था’ चक्रवातको प्रभावले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने र मौसममा त्यसपछि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
  • कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा, अन्य प्रदेशमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
  • कोशी, वाग्मती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'मोन्था' चक्रवातको प्रभावका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुनेछ भने अन्य प्रदेशमा मध्यम वर्षाको सम्भावना छ। मौसममा शनिबार बिहानदेखि मात्र सुधार आउने अपेक्षा गरिएको छ।

आगामी २४ घण्टा काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा हुने भए पनि सबै स्थानमा निरन्तर वर्षा भने नहुने प्रवक्ता पोखरेलले जानकारी दिइन्।

यसैगरी, आगामी २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेशकर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको पनि उनले बताएकी छन्।

यो समाचारमा

काठमाडौँजल तथा मौसम विज्ञान विभागकोशी प्रदेशसुदूरपश्चिम प्रदेश
कर्णाली प्रदेश6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...