चौधरी ग्रुपले नेपालमा नयाँ स्न्याक्स फ्याक्ट्री स्थापना, ठूलो वैदेशिक लगानी भित्र्यायो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १२, बुधबार

24
Share
Featured
  • चौधरी ग्रुपको सीजी फुड्सले भारतको बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्यमा नवलपरासीस्थित नयाँ स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको छ, जसले नेपालको खाद्य उद्योगलाई नयाँ गति दिने र आयातमा निर्भरता घटाउने अपेक्षा गरिएको छ।
  • फ्याक्ट्री स्थापना पहिलो चरणमा करिब ५० करोड रूपैयाँ लगानी र करिब ४०० रोजगारी सिर्जना गर्नेछ, साथै स्थानीय किसान, आपूर्तिकर्ता र ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता बढाउने लक्ष्य राखिएको छ।
  • चौधरी ग्रुपले जेन जी आन्दोलनबाट पुगेको क्षति बाबजुद पनि नेपालप्रति आफ्नो प्रतिवद्धता कायम राख्दै नयाँ लगानीमार्फत नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणमा योगदान पु¥याउने योजना बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चौधरी ग्रुपले नेपालको राजनीतिक अन्यौल र आर्थिक अनिश्चितता बाबजुद ठूलो वैदेशिक लगानी भित्राएको छ। ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको छ। भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रबन्ध निर्देशक वरुण चौधरीसहित स्थानीय जनप्रतिनिधि र सरकारी अधिकारीको उपस्थिती रहेको थियो।

यसअघि जेन जी आन्दोलनको क्रममा चौधरी ग्रुपका विभिन्न प्रतिष्ठानमाथि आगजनी र तोडफोड भएको थियो। ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका बाबजुद नेपालप्रति प्रतिवद्धता कायम रहने र नेपालको आर्थिक विकासका लागि नयाँ सोचका साथ अघि बढ्ने संकल्प व्यक्त गरेका थिए। करिब डेढ महिनापछि चौधरी ग्रुपले बहुराष्ट्रिय कम्पनीसँगको साझेदारीमार्फत नेपालमा नयाँ उद्योग स्थापना गरेको हो।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको फ्याक्ट्रीले भुजिया, नमकीन लगायतका लोकप्रिय स्न्याक्स उत्पादन गर्नेछ। पहिलो चरणमा करिब ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिब ४०० रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। यस फ्याक्ट्रीले नेपालमा खाद्य उद्योगलाई नयाँ गति दिने, आयातमा निर्भरता घटाउने र नेपाली बजारमा विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन्।

फ्याक्ट्री स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसर सिर्जना गर्नेछ। प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पु¥याउने तथा नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउने अपेक्षा गरिएको छ। चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्स नेपालको अग्रणी फुड उत्पादक कम्पनी हो र यसको उत्पादन ६३ देशमा बिक्री हुँदै आएको छ। नयाँ फ्याक्ट्री मार्फत नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणमा बल पुग्नेछ।

यो समाचारमा

काठमाडौँभारतनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...