मुस्ताङमा आन्तरिक पर्यटकको कीर्तिमानी आगमन,तिहारपछि ६ हजार बढी भित्रिए

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०८, शनिबार

20
Share
Featured
  • तिहारपछि पहिलो दिन मुस्ताङमा ६,८५९ पर्यटक प्रवेश गरेका छन् — तीमध्ये ६,५०६ आन्तरिक र ३५३ विदेशी छन्।
  • बेनी–जोमसोम सडकमार्ग हुँदै २,१६८ सवारीसाधन मुस्ताङ पुगेका छन्, र पहिलो सात दिनमै २०,५०९ पर्यटक भित्रिएका छन्।
  • मुक्तिनाथमा दर्शनार्थीको भीड, ट्राफिक जाम र होटल अभाव देखिएको छ, जसले मुस्ताङलाई आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बनाउँदै लगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तिहारसकिएको पहिलो दिन मात्रै मुस्ताङमा ६ हजार ८५९ पर्यटक प्रवेश गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये ६ हजार ५०६ आन्तरिक र ३५३ विदेशी छन्। बेनी–जोमसोम सडकमार्ग हुँदै २ हजार १६८ यात्रुवाहक गाडी मुस्ताङ पुगेका हुन्। कात्तिकको पहिलो सात दिनमै २० हजार ५०९ पर्यटक मुस्ताङ भित्रिएका छन्।

मुक्तिनाथमा दर्शनार्थीको चाप अत्यधिक बढेको छ भने सुरक्षाका लागि प्रहरी, स्वयंसेवक र सीसी क्यामेरा निगरानी व्यवस्था गरिएको छ। पर्यटकको भीडका कारण ट्राफिक जाम र होटल अभावसमेत भएको छ। उद्योग वाणिज्य संघका अनुसार बेनी–जोमसोम राजमार्गका सबै होटल भरिएका छन्। चाडपर्वका लामो बिदा र सडक सहज हुँदै जाँदा मुस्ताङ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्दै गएको छ।

यो समाचारमा

काठमाडौँमुस्ताङतिहार

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...