खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस्: माधव नेपाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०६, बिहिबार

18
Share
Featured
  • नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले तिहार जस्ता जातीय चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन्।
  • उनले खराब प्रवृत्तिको अन्त्य गर्दै सबैको अस्तित्वलाई ग्रहण गरी देश विकासमा सक्रिय हुन प्रेरणा मिलोस् भने शुभकामना दिएका छन्।
  • माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा चाडपर्वले आपसी सम्मान र राष्ट्रिय एकतालाई बलियो बनाउने बताए।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताएका छन् ।

तिहारका अवसरमा शुभकामना दिँदै उनले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै देश विकासमा क्रियाशील हुन सबैमा प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले तिहारले आपसी सम्मान भावका लागि अनुपम सन्देश दिएको बताए । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति र सम्प्रदायका चाडपर्व, संस्कृतिले सहयोग गर्ने उल्लेख गरे ।

यो समाचारमा

माधवकुमार नेपालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...