पानीपोखरी युवा क्लबद्वारा 'धरणी' को चौथो अङ्क सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०६, बिहिबार

54
Share1
Featured
  • पानीपोखरी युवा क्लबले आफ्नो वार्षिक साहित्यिक पत्रिका ‘धरणी’को चौथो अंक कृष्णप्रसाद कोइरालाको पुर्ख्यौली घर धरिनडाँडा, दुम्जामा विमोचन गरेको हो, विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानलाई सम्मानस्वरूप।
  • कार्यक्रममा डा. माधव प्रसाद न्यौपाने प्रमुख अतिथि रहेका थिए, जहाँ वक्ताहरूले साहित्यको सामाजिक र समयसापेक्ष महत्वबारे जोड दिएका थिए।
  • केही वक्ताहरूले क्लबप्रति स्थानीय निकायको बेवास्ताप्रति दुःख व्यक्त गरे भने भविष्यमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता क्लबले जनाएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

पानीपोखरी युवा क्लबले आफ्नो वार्षिक साहित्यिक प्रकाशन धरणी को चौथो अंक पिताजी कृष्णप्रसाद कोइरालाको पुर्ख्यौली घर धरिनडाँडा, दुम्जामा विमोचन गरेको छ। मनोविश्लेषणवादी तथा अस्तित्ववादी साहित्यकार बिश्वेश्वर प्रसाद कोइरालाको साहित्यिक छविलाई सम्मान गर्दै आफनो पुर्ख्यौली थलोमा यो विमोचन गरिएको क्लबले जनाएको छ।

कार्यक्रम धरणीधर कोइराला र विश्वेश्वरप्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गरी सुरु गरिएको थियो। पानीपोखरी युवा क्लबले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा स्थानीयस्तरमा साहित्यिक सिर्जना प्रवर्द्धन गर्ने उद्देश्यले धरणी प्रकाशन गर्दै आएको छ।


सो अवसरमा क्लब अध्यक्ष रोशन तोलंगे सभाध्यक्ष थिए भने प्रमुख अतिथि डा. माधव प्रसाद न्यौपाने, अतिथि दिपक विहिन, बच्चु कोइराला, प्रमोद दाहाल, भेषराज दाहाल, दुधराज पुलामी लगायत उपस्थित थिए।

कार्यक्रममा साहित्यको महत्वबारे वक्ताहरूले जोड दिए। दीपक विहिनले साहित्यले समाजको समयसापेक्ष प्रतिबिम्ब प्रस्तुत गर्ने बताए भने प्रमोद दाहाले क्लबको सक्रियता र सामाजिक योगदानको प्रशंसा गरे। दुधराज पुलामीले प्रबुद्ध व्यक्तित्व र स्थानीय जनप्रतिनिधिबाट क्लबप्रति देखिएको नजरअन्दाजप्रति दुःख व्यक्त गरे। बच्चु कोइरालाले वीपी पार्कलाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्नुपर्ने औंल्याए भने डा. न्यौपानेले क्लबलाई सहयोग र समर्थनको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम संचालन प्रकाण्ड सुसन र सदियोग घिमिरेले गरेका थिए। वक्ताहरूले दिएको सुझावलाई आत्मसाथ गर्दै क्लबले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने विश्वास व्यक्त गरिएको छ।

यो समाचारमा

काठमाडौँबिश्वेश्वर प्रसाद कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...